प्रभुले घुक्र्याएपछि प्रचण्ड लुत्रुक्क

२७ चैत्र २०६९, मंगलवार १७:११ मा प्रकाशित

काठमाडौं, २७ चैत । एमालेको उपल्लो ओहदा नै त्यागेर रामचन्द्र झा एमाओवादीमा छिरेपछि एमाओवादीका मधेसी नेताहरु प्रचण्डसँग आगो बनेका छन् । खासगरी बाबुराम भट्टराईनिकटका एमाओवादकिा प्रभावशाली मधेसी नेता प्रभु साहले बाबुरामलाई मधेसमा काउण्टर दिनकै लागि प्रचण्डले रामचन्द्र झा रुपी कार्ड चलेको भन्ने अर्थ लगाएको चर्चा उक्त पार्टीभित्र चलेको थियो । यस घटनापछि प्रचण्डलाई नै सवक सिकाउने भनी प्रभु साहलगायतका केही मधेसी नेताहरु योजनावद्ध रुपमा लागिपरेपछि प्रचण्ड झस्किएको बताइन्छ । 
फलतः तिगडम र खुराफतमा माहिर मानिएका प्रचण्डले रामचन्द्र झासँगै प्रभु साहलाई पनि ‘बाहिरबाट मान्छे ल्याएर एकैचोटि उच्च स्थान दिँदा पार्टीमा रगतको खोलो बगाएकाहरुमाअसन्तुष्टि र निराशा उत्पन्न हुने भन्दै साहले आपत्ति जनाउँदै आएका थिए । साहले एमाओवादी नै छोड्नेसम्मका चचा पनि चलेको थियो ।
साहनिकट एक एमाओवादी कार्यकर्ताका अनुसार उनलाई पार्टी नेतृत्वले झासमान स्थायी समितिमा ल्याउने आश्वासन दिइसकेको छ, तर यो बचन प्रचण्डले पालना नगरे उनले चर्को मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्ने ती कार्यकर्ताले बताए ।
विश्व हिन्दू युवा परिषद्का अध्यक्ष काशीराम तिवारीको हत्या गर्न निर्देशन दिएको आरोप लागेका साह झट्ट हेर्दा जति जेन्टल देखिन्छन्, परिआएमा उत्तिकै खतर्नाक निर्णय लिन पनि हिच्किचाउँदैनन् भनी साहका निकटवर्तीहरु नै बेलाबेलामा चर्चा गर्ने गर्छन् । उनको यो स्वभावसँग प्रचण्ड पनि हच्कने गरेको स्रोत बताउँदछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४