किन सर्यो लोकमान मुद्दाको सुनुवाई ?

२७ चैत्र २०६९, मंगलवार १६:३१ मा प्रकाशित

काठमाडौं, २७ चैत । प्राविधिक कारण दर्शाउँदै सर्वोच्च अदालतले पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त नगराउन परेको उजुरीको सुनुवाई फेरि १० गतेका लागि सारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले उक्त मुद्दा दायर गरेका थिए । उक्त रिट निवेदनमा संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ। तर, परिषद्का सदस्य समेत रहेका व्यक्तिकै इजलासमा पेशी चढेका कारण सुनुवाई सरेको बताइएको छ । 
दायर गरिएको निवेदनमा मन्त्रिपरिषद्का अध्यक्ष समक्ष प्रमुख आयुक्तका लागि कार्कीको नाम पेश हुनु ज विरोधी, गैरसंवैधानिक र गैरकानूनी भएकोले परमादेश जारी गर्न माग गरिएको छ। निवेदन उपर अदालतमा सुनुवाई हुनु अघि कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेमा अधिकारपृक्षाको आदेशले पदमुक्त गर्न समेत माग गरिएको रिट निवेदक अर्यालले बताए।
२०५१ सालमा सुन तस्करी कार्यमा संलग्न भएको दाबी गर्दै अख्तियारले कार्की विरुद्ध अदालतमा मुद्धा चलाएको छ। कार्कीको मुद्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। यसरी पटक पटक सुनुवाई सर्नुलाई अन्ततः कार्कीको नियुक्ति अख्तियारमा भएरै छोड्ने संकेतका रुपमा कतिपयले व्याख्या गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४