नेपाल–भारतबीचको सम्बन्धको समग्ररूपका बारेमा छलफल सुरु

२१ चैत्र २०६८, मंगलवार १६:५४ मा प्रकाशित

काठमाडौ, २१ चैत । नेपाल–भारतबीचको सम्बन्धको समग्ररुपका बारेमा छलफल गर्न आजदेखि राजधानीमा दुुईदिने अन्तर्राष्ट्रिय गोष्ठी सुुरु भएको छ । विपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभागले गरेको गोष्ठीमा नेपाल–भारतबीचको सम्बन्धको गतिशीलता, विगतको सम्बन्धको विश्लेषण, सुरक्षा पहलः निरन्तरता र परिवर्तन तथा दुई देशबीचको कमीकमजोरीका बारेमा विस्तृतरुपमा छलफल हुनेछ । भविष्यमा नेपाल–भारतबीचको सम्बन्धको व्यवस्थापन तथा जलस्रोत सम्बन्धमा सहमतीय साझा दृष्टिकोणको प्रारुपजस्ता महत्वपूर्ण शीर्षकमाथि समेत केन्द्रित रहेर गोष्ठीमा छलफल गरिनेछ । गोष्ठीको उद्घाटन गर्दै नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले नेपाल र भारतका राजनेताहरुको शीर्ष तहको भ्रमणको आदानप्रदान तथा जनस्तरमा समेत परम्परादेखि रहँदै आएको मित्रवत सम्बन्धले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक तुुल्याएको बताउनुभयो । जलविद्युत् उत्पादन. र विकासका लागि नेपाल यसक्षेत्रकै महत्वपूर्ण सम्भाव्य स्थान भएकाले यहाँको जलस्रोतलाई अधिकतम् उपयोग गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल र भारतबीच कतिपय सवालमा एकअर्काप्रति आश्रित रहनुपर्ने अवस्था विद्यमान रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण