स्कटल्याण्डमा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी सम्पन्न

२७ चैत्र २०६९, मंगलवार ०२:३९ मा प्रकाशित

जय राई, स्कटल्याण्ड । स्कटल्याण्ड र यूकेमा सक्रिय रहेका संस्थाहरु अर्गनाईजेसन फर नेपलीज कल्चर एण्ड वेलफेयर (ओएनसि डब्लु) अन्तर्राष्ट्रिय नेपाली बांग्मय प्रतिष्ठान (अनेवा) एवम सोमनाथ शर्मा मेमोरियल ट्रस्टको संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय नेपाली कविता गोष्ठी सफलतार्पूण सम्पन्न भएको छ । कार्यक्रममा बेलायत, फ्रान्स, आयरल्याण्ड, अमेरिका र रसिया देखि नेपाल, अस्ट्रेलिया, थाईल्याण्ड, भियतनाम, इजरेयल एवम अफगानिस्तान सम्मका करिब दुई दर्जन ख्यातिप्राप्त साहित्यर्कमी एवम कविहरु सहभागी भएका थिए ।

स्कटल्याण्डको एबरडिन सहरमा आयोजित सो र्कायक्रममा केही कविहरु प्रत्यक्ष सहभागी थिए भने अधिकांशले भिडीयो कन्फ्रेसिंगबाट सहभागिता जनाएका थिए । र्कायक्रमको अनलाईन रेडियो (रेडियो अन्को ओ एन सि डब्लु) बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

उक्त कवि गोष्ठीलाई टेलिफोनबाट शुभ कामना दिनु हुँदै एनआरएनका केन्द्रिय अध्यक्ष जीवा लामिछानेले विदेशमा रहेर नेपाली भाषा साहित्यको विकाश र प्रर्वदन गर्ने र्कायमा सहयोग पुर्‍याउने यो प्रयास अति प्रसंशनीय भएको बताउनु भयो र गोष्ठीका सहभागीहरुलाई स्वागत गर्दै अनेबाका अध्यक्ष विकल आर्चायले स्वदेश तथा डायस्पोरिक क्षेत्रबाट नेपाली भाषा साहित्यको जर्गेना र उठानका लागि अभिप्रेरित गर्ने उद्देश्यले र्कायक्रमको आयोजना गरिएको बताउनु भयो ।

नेपाली राष्ट्र गीतका रचनाकार कवि ब्याकुल माईला, जयालक्ष्मी राई एवम सन्तोष गैरेले प्रवासमा रहेका सर्जकहरुलाई यस्ता र्कायक्रमहरुले थप उत्साह प्रदान गर्ने बताउनु भएको थियो ।

कवि गोष्ठीमा अमेरिकाबाट होमनाथ सुबेदी, रसियाबाट डा. मधु माधुर्य, अस्ट्रेलियाबाट श्रीभक्त अच्युत वाग्ले, सुरेन्द्र दवाडी, फ्रान्सबाट हरिहर अर्याल, थाईल्याण्डबाट खगेन्द्र लिम्बु, भियतनामबाट सन्ध्या रेग्मीले कविता वाचन गर्नु भएको थियो ।

यस्तै नेपालबाट ब्याकुल माईला, श्रवण मुकारुंग, गणेश रसिक, प्रदीप नेपाल, प्रा. डा सुष्मा आर्चाय, डा. नित्य खनाल, जयन्ती सत्याल स्पन्दन, दिव्या शर्मा, नम्रता भट्टराई र गोकुल प्रसाद भण्डारीले रचना वाचन गर्नु भएको थियो। कार्यक्रममा आयरल्याण्डका प्रसिद्द कवि काथल ओ सार्गीले काठमाडौँको बारेमा कविता वाचन गर्नु भएको थियो भने डा. सोहन घिमिरेले स्व. सोमनाथ शर्माको २०३९ सालमा राष्ट्रिय कविता प्रतियोगितामा छनौट भएको कविता प्रस्तुत गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा इजराईलबाट दीप्स शाह, अफगानिस्तानबाट केदार संकेत तथा यूकेबाट सोमा घिमिरे, किरण लिम्बु, गोपी कृष्ण प्रसाई, संगीता कार्की र अमृत बोहोराले कविता वाचन गर्नु भएको थियो ।

रेडियो प्रत्यक्ष प्रसारणमा ओएनसिडब्लुका अध्यक्ष दीपेश रेग्मी, निश्चल कार्की एवम सन्तोष गैरेले सहयोग गर्नु भएको थियो । र्कायक्रम होस्टिंग तथा ब्यबस्थापनमा प्रकाश अर्यालले महत्वर्पूण भूमिका निभाउनु भएको थियो। भिडियो कंफ्रेसिंग र अनलाईन रेडियोबाट प्रत्यक्ष प्रशारण भएकोमा कार्यक्रमक सहभागी तथा विभिन्न देशका श्रोताहरुले प्रबिधिको नौलो प्रयोगबाट कवि गोष्ठी निकै रोचक भएको बताउनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा