कांग्रेस महासमिति बैठकको भव्य उदघाटन, चुनावी मुद्दा बैठकको मुख्य एजेण्डा हुने

२६ चैत्र २०६९, सोमबार १९:४२ मा प्रकाशित

चन्द्रकान्त  खनाल, नवलपरासी, २६ चैत । नेपाली कांग्रेसको मिनी महाधिवेशनका नामले चिनिने महासमिति बैठक नवलपरासीको त्रिवेणीमा सोमबार भव्य रुपमा सुरु भएको छ । सोमबार दिउँसो आयोजित उद्घाटन समारोहमा कांग्रेसका नेताहरुले आगामी निर्वाचनबाट नेपाली कांग्रेस बहुमतका साथ एक नंबर पार्टीमा स्थापित हुने उदघोष गरे । महासमिति बैठककले आगामी मंसिरमा  संविधानसभाको चुनाबको लागि जुट्ने निर्णय लिएको छ ।

बैठकको उदघाटन गर्दै सभापति सुशील कोइरालाले आगामी असारमा नभए मंसिरमा चुनाब निश्चित रुपमा हुने बताउनु भयो । उहाँले प्रजातन्त्र र राजनीति स्थिरता स्थापित भएमा मात्र समाजवाद हुने बताउँदै चुनावलाई प्रथामिकता दिएको जनाउनु भयो । संसदको निर्वाचन नभएको १० बर्ष र स्थानिय निकायको निर्वाचन नभएको १५ बर्ष भएको उल्लेख गर्दै सभापति कोइरालाले मंसिरमा चुनाब भएरै छोड्ने दाबी गर्नुभयो ।

त्यसैगरि वरिष्ठ नेता सेरवहादुर देउवाले पनि सीघ्र चुनाब गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी बिश्वास घाति भएको अरोप लगाउँदै देउपाले माओबादीको अस्तिरब्यबाहरले राजनितिक स्थिरता ल्याउन कठिन भएको बताउनु भयो । उहाले नेपाली काग्रेस गण्तन्त्र र समाबेसी संघियताप्रति प्रतिबद्ध भएको बताउनु भयो ।
त्यस्तै उपसभापति रामचन्द्र पौडेलले एमाओबादी र माओबादी चुनाब बिथोल्न चाहेको आरोप लगाउनु भयो । उहाले माओबादीको नाकमा नथ्थी लगाएर चुनाबमा ल्याउने बताउनु भयो । उहाले काग्रेस कार्यकर्ताहरुलाई निबार्चनम जुटन निर्देशन दिनु भयो । महामन्त्री प्रकाश मान सिहले लोकतान्त्रि संबिधान बन्नकलाागी आगामी संबिधान सभामा काग्रेसलाई बहुमतले जिताउन आग्रह गर्नु भयो । कोषाध्यक्ष चित्रलेखा यादब ले संबिधान साभाबाट संबिधान बन्न नसकेको जिम्मेबारी माओबादी र एमालेले लिनु पर्ने बताउनु भयो । केन्द्रयी सदस्य बिमलेन्द्र निधिले मंसिरमा चुनाबको लागी तयारीमा जुट्न आग्रह गर्नुभयो ।

बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रस्ताव गरेको आफ्नो राजनीतिक प्रस्तावमा राज्य पुनर्संरचना गर्दा ७ वा १३ प्रदेशको अवधारणा अघि सारेका छन् । धेरै राज्यहरू बनाउने भए बहुपहिचानका आधारमा पहाडमा ८ र मधेसमा ५ प्रदेश बनाउनुपर्ने नयाँ प्रस्ताव कांग्रेसले ल्याएको छ । कांग्रेसमा विशेषतः मधेसबाट विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरूको मागलाई ध्यानमा राख्दै मधेसमा ५ प्रदेशको प्रस्ताव गरिएको हो । आगामी चुनावलाई ध्यानमा राख्दै कांग्रेसले मधेसमा पाँच प्रदेशको कार्ड फ्याँकेको विश्लेषकहरुको टिप्पणी छ।
कांग्रेसले भीमबहादुर तामाङको नेतृत्वमा जनजाति तथा अन्य समूहसँग छलफल गरी राज्य पुनर्संरचनाबारे सुझाव दिन गठित कार्यदललाई मधेसबाट प्रतिनिधित्व गर्ने लगभग सबै सभासद र नेताहरूले मधेसमा ५ प्रदेश हुनुपर्ने सुझाव दिएका थिए । महासमिति बैठकमा उपसभापति पौडेलले त्यसैलाई औपचारिक रूपमा आफ्नो राजनीतिक प्रस्तावमा समेटेका छन् । मधेसमा पाँचवटा राज्यको प्रस्ताव कांग्रेसमा राज्य पुनर्संरचनाको सैद्धान्तिक सवाललाई भन्दा पनि राजनीतिको व्यवहारिक पाटोलाई हेरेर आएको बुझिन्छ । संविधानसभा विघटन हुनु एक दिनअगाडि दलहरूको छलफलमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई मधेसमा दुईभन्दा बढी प्रदेश कसैगरी नस्वीकार्ने, बरू संविधानसभा विघटन भए होस् भनेर कड्किएका थिए ।
यिनै राजनीतिक अडान र खिचातानीका बीच कांग्रेसले मधेसमा आफ्नो राजनीति पुनस्र्थापित गर्न ५ प्रदेशको माग अघि सारेको हो ।
आगामी बिहिबारसम्म् चल्ने महासमिति बैठकमा  १३ सय ७८ जना सहभागि रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही