एटीएमबाट रकम ठग्ने भारतीय अपराधीहरु सार्वजनिक

२६ चैत्र २०६९, सोमबार १९:२६ मा प्रकाशित

काठमाडौं, २६ चैत । नेपाल तथा भारतका एटीएम मेशिनहरुबाट विभिन्न मिति र समयमा नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा रहेका विभिन्न बैंकका खाताहरुबाट रकम निकाल्ने कार्यमा संलग्न रहेको अवस्थामा पक्राउ परेका तीन ठगलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोद्वारा सार्वजनिक गरिएकाहरुमा भारत नैनीताल ग्राम ईन्द्रनगर–१ हल्दानी पोष्ट अफिस लालकुवा ठेगाना भएका १८ वर्षीय सुरेशसिंह विष्ट, २३ वर्षीय मोहनसिंह विष्ट र २६ वर्षीय चन्द्रसिंह विष्ट रहेका छन् । साथै सोही घटनामा संलग्न रही फरार रहेका सन्जु भन्ने भारतीय नागरिक र काठमाडौं घर बताउने सुरज गुरुङको व्यूरोले स्केच सार्वजनिक गरी खोजी गरिरहेको बताइएको छ ।
अभियुक्तहरुबाट डाइनर्स क्लव इन्टरनेशनल समेत लेखिएको नक्कली डेविट कार्ड २८ थान, पन्जाव नेशनल बैंकको एटीएम कार्ड १ थान, भारतीय सवारी प्लेट नम्बर युके ०४ एलओ ३५१ को कार, ६६ हजार ६ सय नेपाली रुपैयाँ र ९ हजार ९ सय ७० भारतीय रुपैयाँ बरामद भएको छ ।
निजहरुलाई कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ महेन्द्रनगरबाट चैत ११ गते पक्राउ गरी थप अनुसन्धानको लागि गत १२ गते सो व्यूरोमा ल्याइएको थियो । निजहरुले नक्कली एटीएमबाट रकम निकालेको, नक्कली एटीएम कार्डहरु भारतभै तथा हाल फरार रहेका निज सन्जु र सुरज गुरुङबाट खरिद गरेको, नेपाल इन्भेष्टमेन्ट बैंक लि.का १६ जना खातावालाहरुको १ लाख २२ हजार रुपैयाँ निकालेको देखिएको छ । नक्कली कार्डहरु भारतको दिल्ली र हल्दानी क्षेत्रमा समेत प्रयोग भएको, नेपालका नबिल, सिद्धार्थ र सनराइज बैंकको एटीएम मेशिनबाट रकम झिकेको र बरामद कार्डहरुमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १२, हिमालयन बैंकको १२, लक्ष्मी बैंकको १, भारतीय बैंकको १, मास्टर कार्ड १ र भिसा कार्ड १ रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य