पाकिस्तानी सैनिक टोली जंगी अड्डामा

२६ चैत्र २०६९, सोमबार १७:४१ मा प्रकाशित

काठमाडौं, २६ चैत । नेपाल भ्रमणमा रहेका पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीको शैक्षिक भ्रमण टोलिल प्रधानसेनापति गौरव शम्शेर जबरासँग जंगी अड्डामा भेटघाट गरेको छ । भेटघाटका क्रममा पाकिस्तानी तथा नेपाली सेनाबीच रहेको सम्बन्ध, क्षेत्रिय तथा विश्व सुरक्षा स्थितिबारे छलफल भएको बुझिएको छ । 
ब्रिगेडियर मोहम्मद जाफर इकवालको नेतृत्वमा आइतबार नेपाल आएको १९ सदस्यीय टोलिमा पाकिस्तानी सेनाका सैनिक अधिकृत लगायत साउदी अरेबियाका शिक्षार्थी अधिकृतसमेत सम्मिलित रहेका छन् । भ्रमण टोलिले सोमबार नै नेपाली सेनाका पिएसओज् रथीहरुसंग अन्तरक्रिया तथा शिष्टाचार भेटघाट गरेको बताइएको छ भने उक्त टोलिलाई जंगी अड्डामा सैनिक युद्धकार्य निर्देशक सहायक रथी हरिबहादुर बस्नेतले ब्रिफिङ गर्नुभएको थियो ।
पाकिस्तानी शैक्षिक भ्रमण टोलिले मन्त्रिपरिषद्का अध्यक्ष, अर्थमन्त्री र रक्षा सचिवसंग भेट्ने कार्यक्रम रहेको छ भने परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज, पाकिस्तानी तथा साउदी राजदुतावासको भ्रमण लगायत काठमाण्डौ उपत्यकामा रहेका सांस्कृतिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ । टोलि आगामी ३० गते मात्र पाकिस्तान फर्किने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले