मन्त्रिपरिषद् अध्यक्ष रेग्मी भन्छन्- ‘हतारमा गरेको निर्णयले परिणाम राम्रो दिँदैन !’

२६ चैत्र २०६९, सोमबार १७:२७ मा प्रकाशित

काठमाडौं, २६ चैत । प्रमुख राजनीतिक दहरुले चाँडो निर्वाचनको मिति तोक्न दबाव दिइरहेको बेला सरकार प्रमुख खिलराज रेग्मीले सरकारले चाहेर मात्र निर्वाचन सुनिश्चित नहुने अभिव्यक्ति दिएका छन् । हतारमा गरेको कामले राम्रो परिणाम दिन नसक्ने उपदेशात्मक अभिव्यक्तिका साथ मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले बिना तयारी निर्वाचन नहुने उल्लेख गर्दै आवश्यक तयारी गरेर मात्रै मिति तोकिने स्पष्ट गरे । चुनावी तयारी गर्ने भन्दा सार्वजनिक कार्यक्रममा रिवन काट्ने काममा व्यस्त रहने गरेको भनी आलोचित हुन थालेका रेग्मी मदन भण्डारी फाउण्डेशनद्वारा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार २०६८ वितरण समारोहलाई सम्बोधन गर्दै थिए । 
२०७० साल मङ्सिरभित्र अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व वर्तमान सरकारमाथि रहेको रेग्मीले कार्यक्रमबीच बताए । निर्वाचन सरकारको एकमात्र उद्देश्य हो र सोही दिशामा सरकारका सबै प्रयासहरु केन्द्रित भएको जनाउँदै उनले निर्वाचनको कार्यक्रमप्रति कुनै पनि राजनीतिक दल, सङ्घ, सङ्गठन, समुदाय, नागरिक समाज र सम्बन्धित निकायमा कुनै प्रकारको द्विविधा, आशङ्का र अनावश्यक निराशा नरहोस्, बरु निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने दिशातर्फ नै यहाँहरु सबैको सहयोग केन्द्रित रहोस् भन्ने चाहना व्यक्त गरे।
अध्यक्ष रेग्मीले नागरिकता वितरणदेखि मतदाता नामावली सङ्कलनको कार्य सम्पन्न गर्नुपर्ने र तत्सम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
आफू न्यायिक पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले न्यायमा ढिलाइ हुनुहुँदैन भन्ने पक्षप्रति चनाखो रहेको भन्दै उनले शीघ्रताका नाममा आधारभूत मान्यता र प्रक्रियालाई अनुशरण नै नगरी कुनै कार्य गर्न नहुने र नसकिने कुरातर्फ पनि सजग रहने स्पष्ट गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी