शान्ति प्रक्रिया पहिले टुङ्गिनुपर्ने काङ्ग्रेस सभापति कोइरालाको भनाइ

२१ चैत्र २०६८, मंगलवार १६:५३ मा प्रकाशित

महोत्तरी, २१ चैत । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया नटुङ्गिएसम्म संविधान निर्माणको काम अघि बढ्न नसक्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको धमौरा गाविस रौजाबजारस्थित मुस्लिम समुदायका सन्त गदालीबाबाको मजार अवलोकनपछि स्थानीय जनतासँग अन्तक्र्रिया गर्दै सभापति कोइरालाले अब बन्ने संविधानले गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने उल्लेख गर्नुभयो । अब शान्ति प्रक्रिया टुङ्गिनै लाग्यो भनेर जनतामा आशा जागेका बेला माओवादीले स–साना कचिङ्गल निकालेर शान्ति प्रक्रिया लम्ब्याउन खोजेको सभापति कोइरालाको भनाइ थियो । उहाँले शान्ति र संविधानको विकल्प कसैसँग नभएकाले आगामी जेठ १४ गते नयाँ संविधानको घोषणा कसैले रोकेर नरोकिने बताउनुभयो । सभापति कोइरालाले मजारमा चादर (दोसल्ला) चढाउँदै गदालीबाबाप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै