सन्तानलाई विष खुवाएर महिलाले गरिन् आत्महत्या

२६ चैत्र २०६९, सोमबार १७:०८ मा प्रकाशित

काठमाडौं, २६ चैत । पारिवारिक तनाव, हिंसा र आर्थिक विपन्नताका कारण महिलाले आत्महत्या गर्ने घटना पछिल्लो अवधिमा बढेको पाइएको छ । खासगरी तराई क्षेत्रमा महिलाहरुले व्यहोर्नुपर्ने शारिरीक तथा मानसिक यातनाबारे नयाँ नयाँ प्रकरणहरु प्रकाशमा आउने गरेका छन् । यसै क्रममा दाङको मानपुर गाबिसमा एक २१ वर्षिया महिलाले आफ्नी काखे छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छिन् ।
मानपुर गाबिस २ सन्नेवा निबासी २१ वर्षीया सानु चौधरीले आइतबार राति छोरीलाई बिष खुवाएर आफूले पनि बिष सेवन गरेको प्रहरीले जनाएको छ । बिष सेवनबाट गम्भीर बिरामी भएका आमाछोरीको उपचारका लागि घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । सोनुको आतमहत्यासँग उनका पति र परिवारको के भूमिका छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । स्मरण रहोस्, गत फागुनमा पनि जिल्लाको सतवरियाकी २२ वर्षिया सतिाकुमारी चौधरीले आफ्ना दुई छोराहरुलाई विष खुवाएर आफूले आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस