एक रुपैयाँमा पनि नबिकेपछि खेतमै जोतियो बन्दा

२६ चैत्र २०६९, सोमबार ०८:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २६ चैत । खेतमा उत्पादन भएको बन्दागोभी नबिक पछि कपिलवस्तुका कृषकहरुले खेतमा त्यत्तिकै जोतेर नष्ट गरेका छन् । भारी मात्रामा उत्पादन भएको बन्दा बजारसम्म पुऱ्याउनका लागि भाडा मुल्यसमेत नउठेपछि खेतमा रहेका सुकेका बन्दामा जोताई गरेर नष्ट गरिएको हो ।
तीन महिनाअघि राम्रो मुल्य भएका उनीहरुले अहिले किलोको एक रुपैयामा समेत किन्न कसैले चासो नदिए पछि कृषकहरुले खेतमा रहको बन्दा सुकाएर राखेका छन् । गत महिना सम्म पनि ५ देखि दश रुपैयामा बिक्री भएको बन्दा अहिले बिक्नै छाडेको कृषकहरुले गुनासो गरे ।
कपिलवस्तुमा लाग्ने साप्ताहिक हाटबजार समेत बन्दमय भए पनि माल बिक्रि नभए पछि कृषकहरुले फालेर जाने गरेको छन् । उपभोक्ताहरुले किन्न रुची नदेखाए पछि प्रति गोटाको एक देखि दुई रुपैयामा किन्न भन्दै कृषकहरु चिच्याएर पनि माल नबिके पछि उनीहरुले बजारमा बन्दा फालेर जाने गरेको कृषकहरु बताउछन् । कपिलवस्तु नगरपालिका– ९ महुवा गाउँबाट बन्दा बिक्री गर्न आएका कृषक जमलि खाँले एक रुपैया किलोमा बेच्न खोज्दा समेत कसैले लिन चासो नदेखाएको गुनासो गरे । कसैले लिन चासो नदेखाए पछि ५० किलो बन्दा बजार मै फाले । तौलिहवा बजारमा आएका उहाँले भन्नु भयो । जमलि जस्तै दर्जन बढी कृषकले बन्दा फालेर गएको कृषकहरु बताउछन् ।
कृषक अनुसार एउटा बन्दा गोभी उत्पादन गर्न तीन देखि पाँच रुपैया लागत लाग्ने गर्दछ । बीउ, मिहिनेत, सिंचाई, ढुवानी लगायगत गरेर सो लगानी लागे पनि एक रुपैयामा पनि बिक्री नहुद आफुहरुलाई हजारौ रुपैया घाटा लागेको उनीहरु बताउछन् ।
तरकारी उत्पादनमा नमुना बनेको धनकौली गाबिसमा समेत बन्दा गोभी नबिकेर कृषकहरुले जोतर नष्ट गरेको बताउछन् । माल पनि बिक्दैन, ढुवानी भाडा समेत उठदैन, घामले सुकिसकेकोले गोरुलाई पनि खुवाउन मिल्दैन अर्को तरकारी लगाउन नष्ट गरेका हौ । धनकाली गाबिसका कृषकहरु भन्छन् । यहाँबाट जिल्लाका बिभिन्न बजार, बुटवल अर्घाखाची सम्म तरकारी निकासी भए पनि ब्यापारीहरुले बन्दा किन्न भने कुनै रुची नदेखाएको उनीहरु बताउछन् । अन्य तरकारी खेत मै बिक्री हुन्छ बन्दाको त ब्यापारीले अहिले नाम समेत लिन चाहदैनन उनीहरुले भने । धनकौल गाबिसका कृषक अनुासर ६० बिघामा लगाईएको बन्दा खेतमा सुकेर खेर गएको छन् । धनकौलीका अगुवा कृषक बहराईची केवटले बन्दा गोभी नबिक्दा आफु सहीत दर्जनौ कृषकलाई हजारौ रुपैया घाटा लागेको बताउनु भयो । ब्यापारीलाई सित्तैमा लैजान भन्दा समेत भाडा नउठने भएकाले कुनै रुची नदेखाएकाले खेतमा भएको बन्दामा जोताई गरेको उहाँले गुनासो गुर्न भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले औसत ब्याजदर वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । पत्रकारहरुसँग संवाद गर्दै फेडका

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका