अचानक बेहोस भई सिमेन्ट कारखानाका दुई मजदूरको मृत्यु

२६ चैत्र २०६९, सोमबार ०७:५८ मा प्रकाशित

रुपन्देही, २६ चैत । सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने दुई मजदूरको बेहोस भई ज्यान गएको छ । काम गर्दागर्दैको अवस्थामा अचानक उनीहरु बेहोस भएका थिए । जिल्ला प्रहरी र्कायालय रुपन्देहीको गोनाहा–७ स्थित जगदम्वा सिमेन्टमा काम गर्ने वुटवल–१० वेस क्याम्पकी ६० वर्षीया चित्रकुमारी कार्की र भारत छतराका ३२ वर्षीय राजेश्वर सिंहको बेहोसीपछि मृत्यु भएको जिप्रका रुपन्देहीले जनाएको छ ।
उनीहरु अचानक बेहोस हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन भने घटनापछि अन्य मजदूरमा त्रास छाएको छ । घटनाका विषयमा छानविन गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन कारखानाले पहलकदमी लिनुपर्ने आवाज स्थानीय तवरमा उठेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड