प्रचण्डमा चुनाव हार्ने भयले घर गरेको छ : नेका प्रवक्ता

२६ चैत्र २०६९, सोमबार ०७:५५ मा प्रकाशित

बुटवल, २६ चैत । नेपाली कांगे्रसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले कांग्रेसभित्र कुनै विवाद नरहेको दाबी गर्नुभएको छ । पार्टीको विधान संसोधन जस्तो गम्भीर विषयमा तीन शीर्ष नेता सहमत भएकाले पनि कांगे्रमा विवाद छैन भन्ने प्रष्ट भएको उहाँले तर्क गर्नुभयो ।
पे्रस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बडुले नेपाली कांगे्रस संविधानसभा चुनावमा केन्द्रित भएको बताउँदै चुनावबाट नै मुलुकमा राजनैतिक निकास निस्कने भएकाले कांगे्रसको जस्तै सबैको ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सोमबारदेखि नवलपरासीको त्रिवेणीमा हुन लागेको कांगे्रस महासमितिको बैठकमा सहभागी हुनको लागि बुटवल आइपग्नुभएका नेता बडुले महासमितिको बैठक पनि चुनावमा केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले मुलुक राजनैतिक र संवैधानिक संकटमा भएकाले यस विषयमा महासमितिको बैठकमा व्यापक छलफल गरिने उल्लेख गर्दै भन्नुभयो– ‘राजनैतिक प्रतिवेदन, पार्टीको विधान संसोधन, महामन्त्रीको प्रतिवेदन र आर्थिक प्रतिवेदन गरी चारवटा प्रस्ताव महासमित बैठकमा छलफल गरिने छ ।
लोकतन्त्र बचाउनका लागि बाध्यताले प्रधानन्यायधीशखिलराज रेग्मीको नेतृत्वमासरकार गठन गरिएको बताउदै खिलराजको नेतृवको सरकार बनाउने षडयन्त्र एमाओवादीको भए पनि चुनावबाट लोकतन्त्र बचाउन सकिन्छ भन्नेमा कांगे्रस प्रष्ट भएको बताउनुभयो । उहाँले एमाओवादीको सर्वसत्तावादले संसद, स्वतन्त्र न्यायपालिका र निर्वाचन प्रणाली संकटमा पर्ने अवस्था आएकाले संसद, स्वतन्त्र न्यायपालिका र निर्वाचन प्रणालीलाई बचाउनका लागि पनि एक मात्र विकल्प चुनाव भएको बताउनुभयो । संविधानसभा चुनाव संसदीय चुनाव जस्तो नभएकाले सबै पार्टीलाई चुनावमा सहभागिता गराउनु पर्ने बताउदै वार्तापछि वैद्यले नेतृत्व गरेको माओवादी पनि चुनावमा आउन सहमत हुने दाबी बडुले गर्नुभयो ।
एमाओवादी अध्यक्ष प्रचण्डमा यतिबेला चुनाव हार्ने भइले घर गरेको बडुको कथन छ । उहाँले अहिलेसम्म भएका सहमतिहरुलाई प्रचण्डले पालना नगरेको चर्चा गर्दै चुनाव हार्ने आशंका बढेपछि प्रचण्डले असारमा चुनाव नभए मंसिरमा हुन नसक्ने र आन्दोलनमा जाने जस्ता चुनावबिरोधी कुरा गर्नथालेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक