बैंक तथा वित्तीय संस्थाले गरेको घोटालाबाट ६० मेघावाट बिजुली निस्कने दाबी

२६ चैत्र २०६९, सोमबार ०७:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, २६ चैत । बैंक तथा वित्तीय संस्थाहरुमार्फत १० अर्बभन्दा बढी रकम ठगी भएको अर्थविद्हरुले बताएका छन् । बुटवलमा आयोजित बैंक तथा वित्तीय संस्था सञ्चालन जोखिमसम्बन्धी एकदिने र्कायशालामा बोल्दै विज्ञहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा ऋर्थविद डा. चिरन्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुमार्फत १० अर्बभन्दा बढी रकम ठगी भएको बताउँदै बैंकिङ्ग क्षेत्र मार्फत ठगी भएको उल्लेखित रकमले मुलुकमा ६० मेघावाट बिजुली उत्पादन हुन सक्नेदाबी र्गनुभयो । बैंक तथा वित्तीय संस्थाहरु डुब्नुमा आवश्यकताभन्दा बढी बैंक तथा वित्तीय संस्था खोल्न दिने राज्यको पोलिसी र राष्ट्र बैंकको फितलो अनुगमन प्रमुख कारण रहेको नेपालको भनाई थियो । उहाँले बैैंक तथा वित्तीय संस्था डुब्नुमा चार्टर्ड एकाउन्टेण्टहरुको समेत महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर गोपाल काफ्लेले बैंक तथा वित्तीय संस्थाहरुले आन्तरीक लेखा प्रणालीलाई कडाईका साथ लागू गर्न सके सञ्चालन जोखिम कम हुने बताउँदै आन्तरिक लेखा प्रणलीलाई मजबुत बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभयो । सम्पत्ति शुद्धिकरण गर्ने प्रयोजनका लागि बैंकमा खाता खोल्दा केही अप्ठेरो प्राबधान राखिएको बताउँदै उहाँले ग्राहक बर्गमा पर्न गएको असुविधालाई मध्यनजर गरी केही दिनमै उक्त प्राबधानलाई सहज बनाउने प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्र बैंकका निर्देशक निलम तिम्सिना र नबिल बैंकका प्रमुख सञ्चालन अफिसर भुवन दाहालले सञ्चालन जोखिम र त्यसबाट बच्न अपनाउनु पर्ने उपायहरुबारे आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग