नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न अमेरिकाले ९४ करोड नेपाली रुपैयाँ सहयोग गर्ने

२६ चैत्र २०६९, सोमबार ०३:२१ मा प्रकाशित

काठमाडौं, २६ चैत । संयुक्त राज्य अमेरिकाले नेपाली सेनाको संस्थागत विकाशको लागि झन्डै एक अरव नेपाली रुपिया बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा अभ्यास ‘शान्ति प्रयास-२’ को समापन कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले नेपाली सेनालाई एक करोड ७० लाख अमेरिकी डलर (करिव ९४ करोड नेपाली रुपैयाँ) बराबरको सहयोगको घोषणा गरेका हुन् । अमेरिकी सरकारका तर्फबाट हुने सहयोग राशि नेपाली शान्ति सेनाको क्षमता अभिबृद्धि र तालिम केन्द्रको भौतिक संरचना, सुविधा, तालिम र तालिम सामाग्रीका लागि सहयोग केन्द्रित हुने छ । नेपालका लागि अमेरिकी राजदुत बोडीले राष्ट्रसंघको उद्देश्य प्राप्ती र अन्तर्राष्ट्रिय जगतमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाका लागि अमेरिकी सरकारले सदैव सकारात्मक सहयोग गर्ने बताए । राजदूत बोडीले शान्ति मिसनमा योगदान दिने प्रमुख मुलुकका सेनामध्ये एक नेपाली सेना भएको र विश्व शान्ति स्थापनाका लागि ५ दशकभन्दा बढी समयदेखि पुर्‍याउंदै आएको सहयोगको प्रंशसा गरेका समेत थिए । चैत १२ गतेबाट सुरु भएको अभ्यासको समापन समारोहको समापन गर्दै प्रधानसेनापति गौरवशमशेर जबराले नेपाली सेना र संयुक्त राज्य अमेरिकाको युनाइटेड स्टेट प्यासिफिक कमाण्डको संयुक्त संयोजकत्वमा ग्लोबल पिस अपरेसन इनिसियटिभअन्तर्गत संचालित अभ्यासले नेपाली सेनाको शान्ति स्थापना कार्यमा मनोबल बढाउने बिश्वास ब्यक्त गर्नु भएको थियो । ग्लोबल पिस अपरेसन इनिसियटिभअन्तर्गत संचालित अभ्यास समापन समारोहमा नेपाली सेनाको तर्फबाट अभ्यासको प्रमुख संयोजक रहेका बलाध्यक्षरथी नेत्रबहादुर थापाले संलग्न मित्रराष्ट्रका सहभागी सैनिक सदस्यहरुको बहुआयामिक क्षमता अभिबृद्धि गर्न यस अभ्यासले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । अभ्यासमा बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा, थाईल्याण्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अष्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र अमेरिकासहित २३ राष्ट्रका ४ सय ५५ र नेपाली सेनाका ४१६ गरी ८ सय ७१ सैनिक सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक