‘नेपाल बन्द’मा कहाँ–कहाँ के–के गरे बन्दकर्ताले ?

२५ चैत्र २०६९, आईतवार २२:२६ मा प्रकाशित

काठमाडौं, २५ चैत । नेकपा–माओवादी लगायत ३३ दलले आव्हान गरेको नेपाल बन्दको क्रममा आइतबार देशका विभिन्न भागमा सवारी साधन तोडफोड तथा आगजनी भएको छ । सो क्रममा तोडफोड गर्ने तथा जबरजस्ती बन्द गराउदै हिँड्ने २२ पुरुष र २ महिला गरी २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी तथ्याङ्कमा उल्लेख भएअनुसार बन्दको क्रममा इलाममा काठमाडौंबाट पशुपतिनगर जाँदै गरेको ना.३ ख २५६९ नम्बरको बस र वाँकेको कोहलपुर–३ मा ना.४ ख ४७११ नम्बरको बसमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । बाँकेकै नेपालगंज नगरपालिका–१६स्थित मनकामना भेकल सेन्टरमा ढुङ्गा प्रहार हुँदा ३ बटा झ्यालका सिसा फुटेका छन् । चितवनमा ना.२ ख ८५२२ नम्बरको ट्रक वीरगंजवाट पोखरा जाँदै गरेको अवस्थामा अगाडिको सिसा फुटेको छ । काठमाडौं चावहिलमा बा.७ च ६८४० नम्बरको माउन्टेन टि.भि.को भ्यानमा साईडको २ बटा सिसा फुटाएका छन् । कैलालीको धनगढी नगरपालिकास्थित क्याम्पस चोकमा से.१ च ३१३ नम्बरको तरकारी बोक्ने जिपको अगाडीको शिसा फुटाएका छन् । कैलालीकै धनगढी नगरपालिका–४ वसपार्कस्थित लक्ष्मी भट्टको होटलका सिसाहरु तोडफोड गर्दा चर्केका छन् ।
कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ मा लोकसेवा आयोगको बा.१ झ ५१५४ नम्बरको पार्किङ्ग गरी राखेको गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । सोही नगरपालिका–६ स्थित विद्युत कार्यालयको कम्प्युटर थान १ र टेवल थान १ तोडफोड भएको छ । सुर्खेत जिल्ला छिन्चु–८ तालवारीमा भे.२ प २२४९ नम्बरको मोटरसाइकल तोडफोड हुँदा अगाडिको सिसा र हेडलाईट फुटेको छ ।
यसैगरी उदयपुर जिल्ला सिरिसे–९ मा मारुती सिमेन्टको ना.१ क २७१८ नम्बरको टिपरमा आगजनी हुँदा अगाडिको भागमा सामान्य क्षति भएको छ । पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका–१९ मा ना.३ ख २५१३ नम्बरको भाडाको ट्रकमा आगजनी गर्दा अगाडिको भागमा सामान्य क्षति भएको छ । पुकौली–५ मा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको डिएल १ एलसी ९१८६ नम्बरको फलफुल बेच्ने मिनीट्रकको अगाडिको सिसा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले फुटाई फरार भएका छन् । बन्दककर्ताले बीआर ३० ए ४२८ नम्बरको बलेरो गाडी र बीआर ०६ बीए ६०२३ नम्बरको टाटा सुमोको साँचो लिई फरार भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४