दलले अब ढाँटको राजनीति छोड्नुपर्छ : खनाल

२५ चैत्र २०६९, आईतवार २०:४९ मा प्रकाशित

काठमाडौं, २५ चैत । आगामी असारमा गर्ने भनिएको निर्वाचनको सम्भावना अब अन्त्य भएको अवस्था छ । यसो हुनुमा राजनीतिक दलहरुले एकअर्कामाथि दोषरोपण गर्न थालेका छन् । यस सिलसिलामा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी निर्वाचन गराउन पटक्कै तयार नभएकोले असारमा निर्वाचन हुने सम्भावना अन्त्य भएको बताएका छन् ।
राजधानीमा आयोजित विशेष साक्षात्कारमा मन्तव्य दिँदै खनालले भने– ‘एमाओवादीले असार पहिलो साता चुनाव चाहेको भए सहमति गर्न फागुन मसान्तको भाका नकुरी अगाडि नै सहमतिमा आउँथ्यो, सहमतिमा ढिलाई गर्नु नै चुनावको तिथि धकेल्ने उसको प्रपञ्च हो ।’
असारमा निर्वाचन नभए मंसिरमा निर्वाचन हुन नदिने एमाओवादी अध्यक्ष प्रचण्डको चेतावनीलाई फुटुङ्ग्रे धम्कीको संज्ञा दिदै उनले यस्ता धम्कीले कोही नतर्सने बताए । विगतमा एमाओवादी नेतृत्वको सरकारले पटक–पटक फेरेजस्तो नफेरिने गरी निर्वाचनको नयाँ मिति घोषणा गर्नुपर्नेमा जोड दिँदै नागरिकता वितरण, निर्वाचन कानून, जनशक्ति परिचालन, भोटिङ मेसिन, सीसीटीभी जडान, कर्मचारीको ब्यवस्थासहित समस्या समाधान हुन नसकेको र राजनीतिक वातावरण पनि अझै बनिनसकेकोले असारको पहिलो साता निर्वाचन नहुने उनले स्पष्ट पारे ।
उनले भने– ‘केही दिनभित्रै निर्वाचनको मिति तोकिन्छ । मिति तोक्ने अनि निर्वाचन नगराउने माओवादी सरकारले गरेजस्तो चल्दैन । अब दलहरुले ढाँटको काम गर्नु हुँदैन ।’
अबको निर्वाचनमा बहुपहिचानयुक्त संघीयता मान्ने, राष्ट्रिय एकता, सार्वभौम सम्पन्न नेपाल मान्ने शक्तिहरुसँग निर्वाचनमा तालमेल गरेर अघि बढ्न एमाले तयार भएको समेत खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र