रेखाले पप्पुको चुस्दा…

२५ चैत्र २०६९, आईतवार १९:२४ मा प्रकाशित

काठमाडौ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दौडधूप गरे पनि नायिका रेखा थापाका लागि त्यो असम्भव जस्तै भयो। रेखालाई न त सरकारले नै स्वीकार गर्यो नत चलचित्रकर्मीले नै बोर्ड अध्यक्षका लागि स्वीकारे। बोर्ड अध्यक्ष बन्न नपाएपछि रिसले आगो हुँदै अमेरिका हान्निएकी रेखा एक महिनापछि नेपाल फर्किइन्। त्यसपछि बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पुसँग निकट भएपछि रेखालाई केही फाइदा देखिएको छ। नायिका थापाको इशारामा बोर्ड अध्यक्ष चल्ने गरेको हल्ला पनि चलचित्र नगरीमा नसुनिएको होइन। रेखासँग ‘पप्पु नजिक छन् भन्ने कुराको प्रमाण हालै मात्र देखिएको छ। बोर्ड अध्यक्ष बने पनि खासै केही काम गर्न नसकेर असफल ठहरिदै गएका ‘पप्पुले रेखाको सल्लाहामा अगाडि बढ्ने ठहर गरेका छन्।
यसैले चलचित्र विकास बोर्डमा जम्बो सल्लाहकार टोली नियुक्त गरिएको छ। वुधबार चलचित्र विकास बोर्डको कार्य समितिको बैठक बसी रेखासहित अन्य विभिन्न चलचित्रकर्मीलाई सल्लाहकार पदमा नियुक्त गरिएको हो। जसमा नायक शिव श्रेष्ठ, निर्माता अशोक शर्मा, राजेन्द्र सलभ, तपनाथ शुक्ला, राजकुमार पाखेरल छन्। एक जनाको नाम अहिलेसम्म सार्वजनिक नभए पनि नायिका झरना थापा हुनसक्ने हल्ला चल्न थालेको छ। ‘पप्पु बोर्ड अध्यक्ष भएलगतै नायिका झरना थापाको नाम अघि आएको थियो। ‘पप्पुसँग गाजा तानेदेखि चर्चामा रहेकी रेखा दोलखामा पनि उनीसँगै देखिएपछि झनै चर्चामा थिइन्। काम केही गर्न नसकेको बोर्डमा जम्बो सल्लाहकार टोलीको आवश्यकता किन पर्योर, यो ‘पप्पु ले नै जान्ने कुरा हो तर नायिका रेखा थापालाई भने बोर्ड अध्यक्ष बन्न नपाए पनि सल्लाहकार पद पाएर केही राहत मिलेको छ।
(Source:Weeklynepal)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय