म यस्तो भनेर चलचित्र छान्दिन :: सिद्धार्थ कोइराला, नायक

२५ चैत्र २०६९, आईतवार १९:२० मा प्रकाशित

पहिलो पटक नेपाली चलचित्रमा काम गर्नुभयो, कस्तो पाउनुभयो चलचित्र नगरीलाई?
निक्कै रमाइलोसँग काम गरियो। मलाई त काम गरेजस्तो नै लागेन। सबैसँग मिलेर, हाँसेर रमाइलो साथमा काम गरियो।
मेघापछि अन्य चलचित्रमा काम गर्ने सोच छ?
पक्कै पनि गर्छु, मलाई नेपाली चलचित्रमा काम गर्न मन लाग्छ।
समग्रमा कस्तो पाउनुभयो त नेपाली चलचित्र क्षेत्रलाई?
मैले नेपाली चलचित्र केही हेरेको छु तर पछिल्लो समयमा नेपाली चलचित्रले फड्को मारेको छ। चलचित्रमा नयाँ–नयाँ प्रविधि र कथाहरु भित्राइएको छ। नेपालमा पनि विश्वस्तरिय प्रविधिमा चलचित्र बनेका छन्। निर्देशक, छायांकारहरु सबै राम्रा छन् तर मलाई नेपालमा चलचित्र अझ बढि लगानी गर्नुपर्छ जस्तो लाग्छ किनकि चलचित्रमा लगानी कम देखियो भने पर्दामा फितलो देखिन्छ।
तपाईलाई चलचित्रमा काम गर्ने रहर पहिलेदेखि नै थियो कि अहिले जुरेको हो?
मैले बलिउडमा त काम गरिसकेको छु। नेपाली चलचित्रमा काम गर्छु भन्ने त थियो, तर कहिले गर्छु भन्ने थिएन। ‘मेघा’ चलचित्रकी निर्देशक सम्झना रौनियारले प्रस्ताव गरेपछि मैले काम गरेँ।
तपाईलाई विशेषतः कस्तो चलचित्र गर्न मन लाग्छ?
म यस्तै चलचित्र भन्दिन। रमाइलो खालको, एक्सन भएको, दर्शकलाई मनोरञ्जन दिने चलचित्र विशेषगरी मनपर्छ।
मेघामा त एक्सन छैन, कत्तिको मिस गर्नुभयो एक्सनलाई?
यो चलचित्रमा इमोशन छ, रोमान्टिक दृश्यहरु छन्। कथा अनुसार चलचित्र बगेको छ, यसैले पनि एक्सनलाई मैले मिस गरिन।
चलचित्र नगरीमा आउनका लागि तपाईकी दिदी नायिका मनिषा कोइरालाको हात र प्रेरणा कत्तिको छ?
म सानैदेखि नाटकबाट हुर्केको केटा हुँ। दिदीले अभिनय थाल्नुभयो र हिट हुनुभयो तर मैले आफूलाई विस्तारै यो क्षेत्रमा ल्याएको हुँ। मुम्बईमा बलिउड नगरीमा लागेपछि म केही गम्भीर भएँ तर मेरो करिअर अगाडि बढ्नुमा उहाँको हात नै छैन भन्ने होइन। म उहाँको सुटिङ सेटमा जान्थे, उहाँका साथीहरुलाई भेट्दा, कता कता अभिनयको इच्छा जागेको थियो। यसैले उहाँको हात छ भन्ने लाग्छ मलाई तर उहाले मलाई कुन चलचित्र गर्ने, कोसँग गर्ने भन्ने विषयमा भने केही भन्नु हुन्न। यो सबैको निर्णय म आफैं गर्छु।
मेघामा तपाईको भूमिका कस्तो छ?
यो चलचित्रमा म एक विजनेश म्यानको छोराको भूमिकामा छु। चलचित्र रोमान्टिक छ। यसैले यसमा म कतै वास्तविकतामा त कतै सपनामा हराउँछु।
तपाईलाई कस्ता खालका चलचित्रमा बोलाए हुन्थ्यो भन्ने लाग्छ?
म यस्तो भनेर छान्दिन। मलाई कथा र भूमिका मनपर्नु पर्योग। म चलचित्रमा काम गर्ने निर्देशक र मैले पाएको भूमिका गर्न सक्छु या सक्दिन भनेर हेर्छु। फेरि आफूले निर्वाह गर्न लागेको भूमिका आफ्नो लागि सुहाउने पनि हुनुपर्योस।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो