दक्षिण कोरियाका नेपालीहरु संभावित युद्दले त्रशित, नेपाली राजदूतावासको बक्तव्यले झनै आक्रोशित

२५ चैत्र २०६९, आईतवार १९:१२ मा प्रकाशित

सोल, दक्षिण कोरिया । कोरिया प्रायदीपको सम्भावित युद्दका बीच दक्षिण कोरियामा रहेको नेपाली समुदाय नेपाली राजदूतावासको गैर जिम्मेवार वक्तव्य पछि आक्रोशित बनेका छन । यद्दपी अहिले सम्म दक्षिण कोरिया स्थित नेपाली समुदाय नियमित काममा रहेको र नियमत सम्पर्कमा रहदै आएका छन । दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले उत्तर र दक्षिण कोरियाको संम्भावित युद्धको विषयलाई लिएर श्रोत विहिन एक विज्ञप्ती निकाली दक्षिण कोरियाको दैनिकी सामान्य चलिरहेको र सम्भावित युद्द्का कारण त्रसित भई हाल्नु पर्ने स्थिती छैन भने पनि अन्य बिदेशी राष्ट्रका राजदूतावास भने आफना देसवासीहरुलाई सर्तक रहन आव्हान गरि रहेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियासंग युद्धको औपचारिक घोषणा मात्र गर्न बांकी रहेको घोषणा गरेपछि सम्भावित युद्धको भयले विश्व आतंकित भई रहेको दक्षिण कोरियाका नेपाली राजदूतावद्धारा जारी विज्ञप्तीले कोरियामा रहेको नेपाली समाज अन्योलग्रस्त र आक्रोशित बनेको हो ।

ईपीएस मार्फत कोरियामा रोजगारी गर्न आएका एक म्यानमारका नागरिक टुरेनले भने हामीले हाम्रो राजदूतावाले दुई देश बीचको सम्बन्ध एकदम गंम्भीर छ । तयारी भएर बस्नु ,ढुक्क भएर बस्ने अवस्था छैन । त्यस्तै एक चिनिया नागरिक ली फले भने, ‘हामीलाई हाम्रो राजदूतावासले दुई कोरियाको अवस्था चिन्ताजनक छ । आपतकालिन अवस्थामा कुनै पनि बेला राजदूतावासले सम्पर्क गर्न सक्छ सम्पर्कमा रहनु भनेको छ । उनले थप गर्व गर्दे भने कोरियामा रहको चीनका नागरिकलाई संभावित युद्दको खतरा बढेमा तत्काल चार्टर बिमान द्वारा स्वदेश फर्काइनेछ ।

त्यस्तै एक फिलिपिनो महिला मारियाले भनिन दुई कोरिया बीच कुनै पनि बेला युद्ध हुन सक्छ सर्तकता साथ राजदूतावासको सम्पर्कमा बस्न आग्रह गरिएको बताईन । उत्तर कोरिया सरकारले उत्तरकोरियामा रहेका विश्वका कुटनितीक नियोगहरुलाई उत्तर कोरिया छाडि दिन आग्रह गरी सकेको छ । संयुक्त राष्ट्र संघका महासचिव बान गी मुनले पनि उत्तर कोरियाको कारण विश्वमा पुन युद्धको खतरा बढदै गएको बताएका छन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरिया माथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावानी दिएका छन । कोरियाली रक्षा मन्त्रायलमा टेलिफोन मार्फत सम्पर्क गर्दा रक्षा मन्त्रालयका एक अधिकारीले भने विश्वको समाचारपत्रहरुमा उत्तर र दक्षिण कोरियाको सम्बन्ध चिन्ताजनक छ भनेर आएको समाचर सहि हो । युद्ध हुन्छ या हुदैन भन्ने विषयमा हामी केहि भन्न सक्दैनौ । आफनो जनतालाई सर्तकता ,सावधानी र सुरक्षाको विषयमा कस्तो किसिमको सुचना प्रकासित गर्ने हो त्यो सम्बन्धीत राष्ट्रका राजदूतावहरुले मुल्यांकन गर्नु पर्ने विषय हो ।

कोरियामा करिव १७ हजार नेपालीहरु विभिन्न पेशामा कार्यरत रहेका छन । दक्षिण र उत्तर कोरियाको संभावित युद्धका कारण कुनै पनि नेपालीले व्यहोर्नु पर्ने आपतकालीन स्थितिको जिम्मेवारी लिनु पर्ने कोरिया स्थित नेपाली राजदूतावास जिम्मेवार नबनेको कारण त्रस्त नेपाली समुदायको सुरक्षाको लागि नेपाल स्थित परराष्ट्र मन्त्रालयले ध्यान दिनु पर्ने उनीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।