प्रसिद्द पर्यटकीय गन्तब्य लाङटाङमा मोवाइल सेवा सुरु

२५ चैत्र २०६९, आईतवार १८:४३ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, २५ चैत । नेपाल टेलीकमले प्रसिद्द पर्यटकीय गन्तब्य रसुवाको लाङटाङमा सिडिएमए प्रविधिको मोवाइल सञ्चालनमा ल्याएको छ । पहिले एक कल टेलिफोन गर्न घन्टौ समय लाइन बस्नु पर्ने रसुवाको लाङटाङवासी अहिले घरमै बसेर कुराकानी गर्न थालेका छन् । लाङटाङवासीलाई नेपाल टेलिकमले लाङटाङ ४ नुङटाङ डाँडामा टावर राखेर सिडिएमए मोवाइल सेवाको पहुँच दिएपछि टेलिफोन बुथमा लाइन बस्ने बाध्यता हटेको हो । यसअघि, सदरमुकाम धुन्चेमा मोवाइल सेवा भएपनि गाउमा सम्पर्क नहुदा लाङटाङवासी बाह्य दुनियाँसंग सम्पर्क विहिन थिए । लाङटाङ सदरमुकामबाट दुई दिनको पैदलपछि पुगिने उत्तरी पर्यटकीय ठाउँ हो । मोवाइल चलेपछि सदरमुकाम धुन्चे, नुवाकोट, काठमाडौ तथा अन्य जिल्लामा सम्पर्क भएको लाङटाङ गाविस सहायक खग्याल्बो तामाङले खुसी हुँदै वताउनुभयो । भिस्याट लाइनमा घंटौ लाइन बसेर आफन्तसंग बल्लतल्ला कुरा गर्न पाइन्थ्यो’ उहाँले भन्नुभयो–मोवाइल चलेपछि गाउँवासी अहिले निकै खुसी छन् । रसुवामा नेपाल टेलिकमले सातवर्षदेखि मोवाइल सेवा संचालनमा ल्याएपनि लाङटाङमा चलेको थिएन । तीनहजार एक सय मिटर उचाइमा टावर राखेर मोवाइल सेवा प्रदान गरिएको टेलिकमले जनाएको छ । सिडिएमए मोवाइलको अर्थात (स्काई) रिम लिएका लाङटाङवासी पहिले स्याफ्रु र सदरमुकाम आउदा मोवाइल चलाउने गर्थे । १८ गाविस रहेको रसुवामा १७ गाविसमा २०६२ सालमै टेलिकमको सेवा पुगेको भएपनि लाङटाङ गाविसमा पुगेको थिएन । लाङटाङवासीले गाउमा मोवाइल नचलेपनि रिम भने ३ सय लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको