प्रधानमन्त्री र सभामुखसँग चिनिया जनकाङ्ग्रेसका उपाध्यक्षको भेटवार्ता

२१ चैत्र २०६८, मंगलवार १५:५६ मा प्रकाशित

काठमाडौ, २१ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ जन काङ्ग्रेसकी उपाध्यक्ष चेन झिलीले उहाँको कार्यकक्ष सिंहदरबारमा आज भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच नेपालमा जारी शान्ति प्रक्रिया, संविधान लेखन, नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उपाध्यक्ष चेनले आफूहरुबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताउनुभयो । उहाँले चीन–नेपाल मैत्री अद्वितीय रहेको चर्चा गर्दै त्यसलाई प्रगाढ बनाउन आफू दृढ रहेको पनि बताउनुभयो । संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीको निमन्त्रणामा पाँच दिने भ्रमणमा उपाध्यक्ष चेन हिजो राजधानी आइपुग्नुभएको हो । यसअघि, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पनि चेन नेतृत्वको टोलीले भेटवार्ता गरेको थियो । त्यस अवसरमा उहाँहरुबीच नेपालको जारी शान्ति प्रक्रिया,  संविधान लेखन, संविधानसभामा महिला सभासद्को प्रतिनिधित्वका साथै नेपाल–चीन सम्बन्धका बारेमा विचारविमर्श भएको थियो । भेटमा नेपालका लागि चिनियाँ राजदूत याङ होउलान र संसद् सचिवालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा