नगरकोटमा पर्यटकबाट पर्यटक महिला बलात्कृत

२५ चैत्र २०६९, आईतवार १२:५६ मा प्रकाशित

काठमाडौं, २५ चैत । नगरकोट घुम्न गएकी एक पर्यटक महिलाले आफू नगरकोटस्थित होटलमै बलात्कृत भएको उजुरी प्रहरीमा दर्ता गराएकी छिन् । बलात्कृत भएको दाबी गर्ने महिला दक्षिण कोरियाली ३४ बर्षे जिन हि रहेकी काभ्रे प्रहरीले जनाएको छ । उनलाई बलात्कार गर्ने पनि दक्षिण कोरियाकै ५० बर्षे बिई योङ नामक पुरुष हुन् ।
आफूमाथि गत २३ गते राती नगरकोटमा बलात्कार गरिएको भन्दै जिनले हनुमान प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कार घटना सार्वजनिक भएको थियो । तर, घटनास्थल काभ्रेमा पर्ने भएकोले हनुमानढोकाले मुद्दा काभ्रे स्थानान्तरण गरिदिएको थियो । अहिले ईलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान अगाडि बढाएको छ ।
पीडित महिलाले आफूहरु अलग अलग कोठा लिएर बसेको भए पनि योङले टुथपेस्ट माग्ने बहानामा आफ्नो कोठामा आएर बलात्कार गरेको उजुरीमा उल्लेख गरेकी छिन् । बलात्कारका आरोपी बिई योङ यतिबेला फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस