सुजाताका ‘दायाँ हात’ पक्राउ

२५ चैत्र २०६९, आईतवार १२:३० मा प्रकाशित

काठमाडौं, २५ चैत । अपहरण र फिरौती लगायतका काण्डका अभियुक्त भन्दै सुनसरी प्रहरीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्य राईलाई नियन्त्रणमा लिएको छ । राइमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्धामा फरारहरुको सूचिमा राखिएको प्रहरीले जनाएको छ । गएराती इनरुवाबाट पक्राउ गरिएका राइमाथि तीन वर्षअघि इटहरीका नागेश लिम्बुलाई अंगभंग हुनेगरि काटेको अभियोग लाग्दै आएको थियो । सीटीईभीटीको क्षेत्रिय कार्यालय इटहरीका कर्मचारी रेवती सापकोटाको अपहरण र फिरौती काण्डमा पनि उनी मुछिएका थिए । सोही अभियोगका अन्य अभियुक्तहरु यतिबेला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् भने राईलाई उक्त घटनाका मुख्य योजनाकार भएको दाबी प्रहरीले गरेको छ । राईलाई कांग्रेस नेतृ सुजाता कोइरालाले संरक्षण दिँदै आएको चर्चा चल्दैआएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि