‘वैद्य’को बन्दले जनजीवन ठप्प

२५ चैत्र २०६९, आईतवार ०९:४२ मा प्रकाशित

काठमाडौं, २५ चैत । वर्तमान सरकार खारेज गरेर दलहरुकै नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्नेलगायतका माग अघिसारेर मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको नेतृत्वमा ३३ दलीय संयुक्त मोर्चाले आह्वान गरेको आजको बन्दको प्रभाव देशभर परेको छ । नेपाल बन्दको तयारीमा शनिबार नै जुलुस र र्यालीको आयोजना गरेर बन्द कडा हुने संकेत दिएका बन्दकर्ताहरुले साइकल यात्रीलाई समेत दुव्र्यवहार गरेका घटना प्रकाशमा आएका छन् । बन्दले काठमाडौंसहित देशभर यातायात ठप्प भएको छ ।  यस्तै, शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार र पसल खुलेका छैनन् भने चोकचोकमा माओवादीसहित साना दलका कार्यकर्ता बिहानैदेखि बाटो ढाकेर बसेका छन् ।
आन्दोलनकारीहरुले चारदलीय उच्चस्तरीय राजनीतिक समिति खारेज गर्ने विषयलाई सर्त बनाएकाले उनीहरुको माग सम्बोधन हुने सम्भावना देखिएको छैन, जसले गर्दा राजनीतिक समस्या चर्कने देखिएको छ । सरकारविरुद्ध आन्दोलित दलको आजको बन्द पहिलो चरणको अन्तिम कार्यक्रम हो । आन्दोलनको नयाँ कार्यक्रम छिट्टै सार्वजनिक गरिने संयुक्त मोर्चाले जनाएको छ ।

यसैबीच बन्दका क्रममा बीरगञ्जबाट बनेपा चल्ने ना४ ख २५२५ नम्बरको यात्रु बसलाई बनेपामा तोडफोड गरिएको खबर प्राप्त भएको छ भने बनेपामै बन्दकर्ताहरुले साँचो खोसेका बा३ प ६२२ नम्बरको मोटरसाइकल बन्दकर्ताहरुकै माझबाट बेपत्ता भएपछि मोटरसाइकल धनीको रुवाबासी चलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको