बंगलादेशमा नेपाली राहदानी खरिद गरी कुवेतमा कामदार

२५ चैत्र २०६९, आईतवार ०७:४४ मा प्रकाशित

काठमाडौं, २५ चैत । वैदेशिक रोजगारमा जान चाहने भारतीय र बंगलादेशीहरुले अवैध रुपमा नेपाली नागरिकता र पासपोर्ट लिने गरेको समाचार नयाँ होइन । यस्तै एक बंगालीले तीन लाख बंगाली मुद्रा तिरेर नेपाली राहदानी लिएको खुलासा भएको छ । 
नेपाली नागरिक दुर्गालाल बिसेको नाममा जारी भएको राहदानी लिएर ती बंगलादेशी कुवेतमा कार्यरत रहेको कुवेतस्थित राजदूत मधुवन पौडेललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । मोहमद नामका ती बंगालीलाई कुवेतस्थित नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ । कुवेतमा कामदारको भिसा लगाउनुअघि दूतावासको प्रहरी रिपोर्ट चाहिन्छ । त्यसकारण कुवेत पुग्ने सबै नेपाली कामदार प्रहरी रिपोर्ट बनाउन अनिवार्य दूतावास पुग्नुपर्छ । यही क्रममा ती बंगाली पक्राउ परेको बताइएको छ ।
दूतावासका अनुसार बंगालीले बंगलादेशमै एजेन्टसूग नेपाली राहदानी खरिद गरेका हुन् । कुवेतमा बंगलादेशका नागरिकलाई आउन प्रतिबन्ध लगाएको हुनाले बंगालीहरूले नेपाली राहदानी किन्ने गरेको बताइन्छ । उनीहरू साउदीको भिसा लगाउन बंगलादेशस्थित साउदी दूतावासमा नेपाली राहदानी लिएर जाने गरेका छन् । त्यहाँ पुग्ने राहदानी बेला( बेला हराउने गरेकाले जुन बेचबिखन हुने गरेको आशंका छ । घरेलु कामदारको रूपमा कुवेत पुगेका ती बंगालीलाई प्रहरीले दूतावासबाटै नियन्त्रणमा लिएको हो । नेपालको राहदानी प्रयोग भएको हुँदा उनलाई नेपालमै आवश्यक कानुनी सजाय गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट