राजनीतिक दलहरु अकर्मण्य बनेकै हुन् : नेका महामन्त्री

२५ चैत्र २०६९, आईतवार ०७:२९ मा प्रकाशित

रासस, काभ्रे, २५ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले छोटो समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार काभ्रेको धुलिखेलमा देउराली युवा क्लबले आयोजना गरेको ३५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महामन्त्री सिंहले देशमा अहिलेको अवस्थाको दीर्घकालीन समाधान निर्वाचनमात्रै भएकाले जनताले जसले संविधान निर्माण गर्न सक्छ त्यो दललाई विश्वास गर्न आग्रह गरे। 
उनले सरकारले निर्वाचन गराएर निर्वाचित दललाई सत्ता हस्तान्तरण गर्नेगरी तयारी छिटो गर्नुपर्नेमा जोड दिनुभयो। चार वर्षसम्म संविधान निर्माण गर्न नसकेर दलहरूले आफ्नो अकर्मण्यतालाई प्रस्फूटन गरेको उनको आरोप थियो। अहिलेको सरकार राजनीतिक सहमतिमा बनेकाले राजनीतिक रुपमा सकेसम्म चाँडो रिक्ततालाई तोडेर निर्वाचन सफल हुनेमा आशासमेत व्यक्त गरे।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त एवम् देउराली क्लबका आजीवन सदस्य नीलकण्ठ उप्रेतीले निस्पक्ष निर्वाचन गराउने पक्षमा रहेको बताए। दलहरूले दिएको दायित्व सकेसम्म चाँडो पूरा गर्ने उनले बताए।
अवरोधले कसैलाई पनि गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै प्रमुख आयुक्त उप्रेतीले अवरोधबिना निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि