जन युद्दको लागि नयाँ हतियार फ्याक्ट्रीमा बन्दैछ: ड्यास माओवादी नेता बादल

२४ चैत्र २०६९, शनिबार २२:०५ मा प्रकाशित

काठमाडौं, २४ चैत । ड्यास माओवादी महासचिव रामबहादुर थापा बादलले उपेक्षा गरिदै गए फ्याक्ट्रीमा बन्दै गरेका नयाँ हतियार युद्दमा उठ्ने चेतावनी दिएका छन् । ड्यास माओवादीद्वारा जन आन्दोलन दिवस परेर आयोजित जनसभामा महासचिव बादलले भने थोत्रो हतियार बुझाउला, नयाँ हतियार फ्याक्ट्रीमा बन्दैछ जनताको घरदैलोमा पुयाउँछौं जस्ले नयाँ जन युद्दको संख घोष गर्नेछ । उनले ड्यास माओवादीसंग रहेको भनिएको हतियार सरकारलाई बुझाउन आफूहरु तयार रहेको बताए । उनले आक्रोश मिस्रित आवाजमा भने नयाँ हतियार फ्याक्ट्रीमा बन्दैछ जनताको घरदैलोमा पुयाउँछौं। जनसभामा ड्यास माओवादी अध्यक्ष मोहन वैद्यले चुनाव हुन नदिने दाबी गरे । उनले चुनाव गरेर देखाउन सरकार र ठूला चार दललाई चुनौति समेत दिएका थिए । ड्यास माओवादी अध्यक्ष वैद्यले प्रचण्ड र बाबुरामले आत्मसपर्मण गरेका कारण ड्यास माओवादीको जन्म भएको बताउदै प्रचण्ड-बाबुरामले जहाँबाट आत्मसमर्पण गरे त्यहिँबाट ड्यास माओवादी र नयाँ जन युद्दको जन्म भएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा