वाणिज्य क्याम्पसमा वृहत् भेला

२४ चैत्र २०६९, शनिबार २३:१३ मा प्रकाशित

रुपन्देही, २४ चैत । लुम्विनी वाणिज्य क्याम्पसमा सम्पन्न शिक्षक अभिभावक सघंको वृहत भेलाले विद्यार्थीहरुको खस्कँदो पढ्ने प्रवृत्ति, आन्तरिक परीक्षाहरुमा विद्यार्थीको न्युन उपस्थिति र अनुशासनलाई आगामी दिनमा सुधार गर्दै लैजाने निर्णय गरेको छ । शनिवार तीन समुहमा विभाजन गरि निकालिएको उक्त निचोड नै क्याम्पसको गुणस्तर सुधारका लागि अपरिहार्य रहेको आंैल्याइएको थियो । शिक्षक अभिभावक संघ, लुम्विनी वाणीज्य क्याम्पसका अध्यक्ष वालकृष्ण भट्टराईको अध्यक्षता, लुम्विनी वाणीज्य क्याम्पसका सचांलक समितीका अध्यक्ष राजेद्र प्रसाद ओझाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा क्याम्पस प्रमुख डा. ईश्वर गौतमले वृहत्त भेलावाट आएका सुझावहरुलाई  क्रमस कार्यान्वयन गर्दै लैजानेमा जोड दिनुभयो । त्यस्तै लुम्विनी वाणीज्य क्याम्पस सचांलक समितीका उपाध्यक्ष नवराज श्रेष्ठ, सचांलक समितीका सदस्य तथा वरिष्ठ समाजसेवि गर्णेसमान सैजु, वुटवल महुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं लुम्विनी वाणीज्य क्याम्पसमा त्रिवी प्रतिनीधी प्रकास वन्दु रेग्मी, प्राध्यापक सघं क्याम्पस ईकाई समितीका कार्यावहाक अध्यक्ष माधव नेपाल, पव्लीक क्याम्पस प्राध्यापक सघंका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पाण्डे, कर्मचारी सघंका अध्यक्ष कपिल गौतम, प्राध्यापक राजेन्द्र लम्सालले वोल्नुभएको थियो । सोही अवसरमा स्ववियु सभापति सन्दीप विक, एमाओवादी निकट विद्यार्थी सगंठन अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष रमेश खनाल, नेकपा–माओवादी निकट विद्यार्थी सगंठन अखिल क्रान्तीकारी लुम्विनी वाणिज्य क्याम्पसका अध्यक्ष राजु लुम्विनी वाणीज्य क्याम्पसकी अध्यक्ष शारदा खनालले पनि आ आफ्नो मन्तव्य राखेका थिए । भेलामा अभिभावक तोयनाथ अर्याल, शिवप्रसाद उपाध्याय, कमल क्षेत्री, झविन्द्र प्रसाद पाण्डे लगायतले बोल्दै क्यापसमा हुने हरेक क्रियाकलापहरु अभिभावक समक्ष पुग्ने हो भने विद्यार्थीहरुले शैक्षिक क्षेत्रमा सफलता हात पार्ने वताउनुभयो । उप प्राध्यापक माया आचार्यको स्वागत मन्तव्य, अभिभावक कृष्ण पाण्डेको धन्यवाद ज्ञापन तथा शिक्षक अभिभावक सघंको सदस्य सचिव णकृष्ण भट्टराईले कार्यक्रमको सचांलन गर्नुभएको थियो । वृहत्त भेलामा क, ख, ग गरि ३ समुह विभाजन गरिएको छलफलको प्रतिनीधीत्व प्राध्यापक मन्जु शर्मा, सहप्राध्यापक कृष्ण गौतम, उप प्राध्यापक महेस प्रसाद चौधरीले गुर्नभएको थियो ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले