विधिवत रुपमा झा छिरे एमाओवादीमा, भुसाल र थुलुंग एमालेमा

२४ चैत्र २०६९, शनिबार १८:२४ मा प्रकाशित

काठमाडौं, २४ चैत । भारतमा जन्मिएर त्यहाँको नागरिकता नत्यागीकन नेपाली नागरिकता लिएको आरोप झेल्दै आएका एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झा विधिवत रुपमा एमाओवादीमा प्रवेश गरेका छन् । एमालेले जिम्मेवारीविहीन बनाएको र संघीयताको मुद्दामा ढुलमुले नीति अख्तियार गरेको भन्दै केही समयअघि उनले एमाले त्यागेका थिए ।
भला लगायतकालाई पार्टी प्रवेश गराउनका लागि एमाओवादीले पेरिसडाँडामा शनिबार दिउँसो कार्यक्रम आयोजना गरेको थियो । झासंगै पूर्वसांसद लक्की शेर्पा र युवा संघका हरेन्द्र राय यादवसहितका व्यक्तिहरु एमाओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठले अविर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यसैगरी शनिबार नै एमाले मुख्यालय बल्खुमा आयोजित एक कार्यक्रमबीच रेडियो नेपालको कृषि कार्यक्रममा ‘बुढी आमै’ले चिनिएकी कलाकार लक्ष्मी भूसाल र गायक तथा संगीतकार सूर्य थुलुंग एमाले प्रवेश गरेकी छन् । एमाले अधयक्ष झलनाथ खनालले भुसाल र संगीतकार सूर्य थुलुङलाई टीका लगाएर एमाले प्रवेश गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ