एमाओवादीका कार्यकर्ताद्वारा कांग्रेसका जिल्ला नेतामाथि खुकुरी प्रहार

२४ चैत्र २०६९, शनिबार १७:५७ मा प्रकाशित

काठमाडौं, २४ चैत । निर्वाचनको चर्चासँगै एमाओवादीले मुलुकका विभिन्न भागमा अन्य दलका कार्यकर्तामाथि सांघातिक आक्रमण सुरु गरेको छ । यसै क्रममा नेपाली कांग्रेस धादिङ जिल्ला कार्य समितिका सदस्य जेम्स परियारलाई एमाओवादीका कार्यकताृहरुले खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् । दार्खास्थित एक चर्चमा प्रार्थना गरिरहेको अवस्थामा माओवादीका कार्यकर्ताले झुक्याएर धारिलो हतियार प्रहार गरेको जिल्ला सभापति रामनाथ अधिकारीले जनाए । टाउकोमा गम्भीर चोट लागेर अत्यन्त गम्भीर अवस्थामा पुगेका परियारलाई उपचारका लागि हेलिकप्टरमार्फत् राजधानी ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
कांग्रेस धादिङले विज्ञप्ती जारी गर्दै कार्यकर्तामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । सभापति रामनाथ अधिकारीले जारी गरेको विज्ञप्तीमा दार्खा-९ स्थित सेन्देन खोर चर्चमा संगति गर्न जाने क्रममा शनिबार बिहान दश बजे दार्खा-८ का मैजा तामाङ, चर्को तामाङ, दुर्गा तामाङ, आसे तामाङलगायतका एमाओवादी कार्यकर्ताले खुकुरी खुँडा प्रहार गरेको दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस