पार्टीमा अभिजात वर्गको जन्म भएको वैद्य र थापाको आरोप

२१ चैत्र २०६८, मंगलवार १५:४५ मा प्रकाशित

काठमाडौ, २१ चैत । माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले संस्थापन पक्षलाई संशोधन र अवसरवादीको आरोप लगाउँदै आफूहरूविरुद्ध मुख्य नेतृत्व खनिएको आरोप लगाउनुभएको छ । उहाँहरूले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा पार्टीभित्र बिस्तारै अभिजात वर्गको जन्म भएको उल्लेख छ । यसैगरी कम्युनिष्ट पार्टीलाई फुटाउने काम संशोधनवादी र अवसरवादीहरूबाट भएको र यस्तो काम क्रान्तिकारी कम्युनिष्टहरूबाट हुनै नसक्ने वैद्य र थापाले उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा शान्ति, सेना समायोजन तथा संविधान निर्माणबारे प्रतिक्रियावादीहरूबाट हुँदै आएको गम्भीर षड्यन्त्रप्रति अलिकति पनि ध्यान नदिइएको पनि उल्लेख छ । जारी शान्ति र संविधान निर्माण प्रक्रियाका विषयमा भइरहेको षड्यन्त्रप्रति सतर्क गराउन खोज्दा पनि कुनै वास्ता नगरेको र उल्टै शान्ति तथा संविधान विरोधीको आरोप लगाउने काम भएको उहाँहरूको आरोप । प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार गठन बारे पार्टीमा निर्णय भए पनि कुनै त्यसप्रति नेतृत्वले चासो नदिएको पनि विज्ञप्ति भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल