कांग्रेस महासमितिको बैठक स्थलमा तयारी तीव्र

२४ चैत्र २०६९, शनिबार १७:३६ मा प्रकाशित

रुपन्देही,  २४ चैत । चैत २६ अर्थात् आगामी सोमबारदेखि नवलपरासीको त्रिवेण्ँीमा आयोजना हुन लागेको नेपाली कांग्रेस महासमितिको वैठक स्थलमा तयारी तिब्र पारिएको छ । वैठक स्थलको तयारी ६० प्रतिशतभन्दा बढी सकिएको नेपाली कांग्रेस नवलपरासी का जिल्ला सचिव विष्ण्ँु लामिछानेले जानकारी दिए । आइतबारसम्ममा सबै तयारी सकिने उनले बताए । महासमिति वैठकको उद्घाटन २६ गते नवलपरासीको सदरमुकाम परासीमा हुनेछ भने बैठकको बन्दसत्र धार्मिक एवम् पर्यटकीयस्थल त्रिवेणीमा २७ गतेदेखि हुनेछ ।
बैठकको लागि बन्दसत्र हुने हल, ५० वटा स्याथी र अस्थायी शौचालय, त्यतिकै संख्यामा स्नान गृह, खानेपानी, बिद्युत व्यवस्था मिलाउने काम भइरहेको लामिछानेले जनाए ।
बैठकमा १३ सय ३८ प्रतिनिधिहरुको सहभागिता रहेनछ भने ६० जना पर्यवेक्षक रहने छ । वैठक स्थलमा मोबाइलको नेटवर्कमा समस्या हुने भएकोले नेपाल टेलिकमले मोबाइल टावरको पनि व्यवस्था गरेको छ । उक्त स्थलबाट समाचार सम्प्रेषणका लागि सञ्चारकर्मीहरुका निम्ति नेटको समेत व्यवस्था गरिएको पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।