निर्वाचन क्षेत्रको पुनर्निर्धारण नगरी चुनाव हुँदैन : गच्छेदार

२४ चैत्र २०६९, शनिबार १७:२५ मा प्रकाशित

चन्द्रकान्त खनाल, भैरहवा, २४  चैत्र ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजय गच्छेदारले ताजा जनगणताको आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकपछि  भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छेदारले उक्त कुरा बताएका हुन् । पत्रकार सम्मलेलनमा बोल्दै  अध्यक्ष गच्छेदारले असारमा संविधानसभाको चुनाव सम्भव नभएको उल्लेख गर्दै कार्तिकको २९ देखि मंसिर ७ गतेसम्ममा चुनाव हुने दाबी गरे ।
संविधानका  विभिन्न  बाधाअडकाउ छन् फुकाउन  समय लाग्छ , त्यसैले असारमा निर्वाचन हुँदैन भन्ने उनको कथन थियो । पूर्वगृहमन्त्री समेत रहेका गच्छेदारले राजनितिक दल र केहि कर्मचारीको मिलेमतोमा  भ्रष्टचार भइरहेको समेत दाबी गरे । आफु गृहमन्त्री हुँदा  तस्करी गुन्डागर्दी र भ्रष्टचार नियन्त्रण गरेको भनी गच्छदारले दाबी गर्दा सञ्चारकर्मीहरु हाँसेका थिए । निलम्बित भएका  एसएसपी रबिराज श्रेष्ठको बारेमा  आफ्नो मन्त्रालयमा फाईल आउन ढिलाई भएको कारण  कारवाहीमा  समस्या परेको तर्क उनले गरे ।
उक्त पार्टीको २१औं बैठक भैरहवामा सम्पन्न भएको छ  । बैठकलले   आगामी चुनाबका लागि  पार्टीको रणनीति मोर्चा बनाएर अघि बढ्ने रहेको जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा