घर–परिवार नै सिध्याउन लागेपछि मन हल्का गर्न थर्काएँ : सुमीना

२४ चैत्र २०६९, शनिबार ०७:३९ मा प्रकाशित

विष्णु सुब्बा, दमक, २४ चैत ।  नेपाली चलचित्र ‘नाइन ओ क्लक’की नायिका सुमीना घिमिरेले पत्रकार विजय ‘आवाज’ले आफूमाथि ज्यादती गरेकोले उनलाई एक नेपाली नागरिकको हैसियतले गाली गरेको बताएकी छिन् ।
आफ्नो चलचित्रको बजार प्रवद्र्धनका लागि झापाको दमक आएकी घिमिरेले दमकका सञ्चारकर्मीहरुसँग कुरा गर्दै असह्य हुनेगरी नीजि विषयमा जथाभावी लेखेकोले नायिकाको रूपमा नभई एक सचेत नागरिकका रूपमा पत्रकार आवाजलाई मुख छाडेर गाली गरेको बताइन् । पत्रकार विजयको टाउको र खुट्टा छुट्याइदिने भन्दै सुमीनाले फोनमार्फत् धम्की दिएको रेकर्ड गत साता सामाजिक सञ्जाल एवम् विभिन्न मिडियामार्फत् सार्वजनिक भएको थियो ।
निरन्तर आफुविरुद्ध झुटा समाचार प्रकाशन गरेको र फोन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको झोँकमा मन हल्का गर्नका लागि थर्काएको उनले स्वीकार गरिन् । ‘मेरो व्यक्तिगत आचरणको कुरालाई लिएर निरन्तर रुपमा उहाँले लेखिरहनु भयो, त्यही भएर मैले उहाँलाई गाली गरेकी हुँ, व्यक्तिगत रुपमा समेत म कोही–कसैसँग हिँड्दा कसैले खोजीनीति गर्नु जरुरी नै छैन’, उनले पत्रकारहरुसँग भनिन्, ‘व्यक्तिगत रुपमा विजयजीले लान्छना लगाउने गरेका कारण आक्रोशित भएकी हुँ, मलाई यस विषयको पछाडि अब कुँद्नु छैन ।’ उनले थपिन्, ‘मेरो घर–परिवारसमेत सिध्याउने गरी त लेख्नु भएन नि ।’
पत्रकार आवाजलाई ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशमा आएलगत्तै चलचित्रका निर्देशक बाबुराम ढकालसँग झापा आएकी सुमीनाले चलचित्र नाइन ओ क्लकमा सेक्सवर्करको भूमिकामा काम अभिनय गरेकी छिन् । सो चलचित्र दमकमा शुक्रबार रिलिज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।