प्रथम राष्ट्रिय पण्डित महासम्मेलन आयोजना

२४ चैत्र २०६९, शनिबार ०६:५६ मा प्रकाशित

काठमाडौं, २४ चैत । राष्ट्र संस्कृति र सभ्यताको संरक्षण, विकासका लागि पण्डित, गुरु, पुरोहित र विद्वानहरुले धर्मद्वारा निर्देश गरिएको कर्म संस्कार र आचरण गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय धर्मसभा नेपाल र नेपाल पञ्चाङ्ग निर्णायक समितिको संयुक्त आयोजनामा राजधानीमा आयोजित प्रथम राष्ट्रिय पण्डित महासम्मेलनमा धर्मले नै संस्कृतिको विकास भएको, संस्कृतिले सभ्यताको विकास भई राष्ट्रको गरिमा बढेको औँल्याउँदै धर्म नरहे संस्कृति सभ्यताको लोप हुने बताइएको छ।
सो अवसरमा राष्ट्रिय धर्मसभा नेपाल तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा माधव भट्टराईले पण्डितले नै मनुष्य जीवनको दिशानिर्देश गर्ने भएकोले धर्मद्वारा निर्देश गरेको कर्म र आचरण पालना गर्नुपर्ने बताए।
उनले सृष्टीकालदेखि हाम्रो धर्म संस्कृति रहेको र यसमा भएका विकृति विसङ्गतिलाई समयसापेक्ष परिमार्जन गर्दै लानुपर्ने बताए।
सम्मेलनको उद्घाटन गर्दै स्वामी १०८ सच्चिदानन्द सरस्वतीले वेदव्यासको जन्म, ऋषिहरुको तपोभूमी भएको मुलुक नेपाल भएकव् भन्दै समाजलाई भोलि कुन दिशामा लैजाने एउटा निकास सम्मेलनले दिने विश्वास व्यक्त गरे।
संस्कृति मन्त्रालयका सचिव सुशील घिमिरेले धर्मद्वारा निर्देशित संस्कार, प्रथालाई समयसापेक्ष सुधार गर्दै लानुपर्ने महसुस मन्त्रालयलाई पनि भएको र विद्वानहरुको यस महासम्मेलनबाट प्राप्त सुझावलाई सरकारले संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे।
भारतको मथुराबाट सहभागी हुनुभएका जगत्गुरु गोपेश्वर देव चैतन्यजी महाराजले व्यक्तिले जो धारण गर्छ त्यो नै धर्म हो, फल विनाको कर्मनै धर्म हो भन्नुहुँदै धर्म संस्कृति नै राष्ट्रको प्राण भएकोले यसको रक्षा प्रत्येक मनुष्यले गर्नुपर्ने बताए।
सनातन धर्म सेवा समितिका शीला पन्त, नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय, विश्व धर्म संसदका उपाध्यक्ष संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला लगायतले सम्मेलनको सफलताको कामना गर्दै सर्वधर्म समभाव हिन्दु राष्ट्र नेपाल कायम हुनुपर्ने, पण्डित, गुरुहरुका आचरणप्रति प्रश्नचिह्न खडा भएको वर्तमान परिस्थितिमा आचरण, कर्म संस्कारमा रहन आग्रह र यससम्बन्धी निर्देशिका नै जारी गर्नु उपयुक्त हुने विचार व्यक्त गरेका थिए। भोलिसम्म सञ्चालन हुने सो सम्मेलनमा नेपालका साथै भारतबाट आएका ४ सय विद्वान, विदुषी, पण्डित, गुरु पुरोहितहरुको सहभागिता छ ।

रासस

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको