दाइजो र अंश मुद्दामा महिलालाई जिउँदै जलाइयो

२४ चैत्र २०६९, शनिबार ०६:३८ मा प्रकाशित

काठमाडौं, २४ चैत । कैलालीमा एक महिलालाई बोक्सीको आरोपमा परिवारका सदस्यकै अघिल्तिर निर्वस्त्र तुल्याएर मलमुत्र खुवाएको घटनाले चर्चा पाइरहेकै बेला उता सप्तरीमा दाइजो नल्याएको र अंश मागेको निहुँमा महिलालाई ज्युँदै जलाएको घटना प्रकाशमा आएको छ । दाइजो र अंशको निहुँमा सप्तरी, डिमन(३ की ३५ वर्षीया संयुक्ता देवलाई जलाएर मारिएको आरोप मृतकको माइती पक्षले लगाएको छ। पतिसँग लामो समयदेखि अंश मुद्दा खेप्दै आएकी संयुक्तालाई उनका सासु, श्रीमान, जेठाजु, देवर र देउरानीले जिउमा मट्टितेल खन्याएर आगो लगाएको माइती पक्षले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
बताइएअनुसार घटना गत सोमबार रातिको हो । मट्टितेल खन्याएर आगो  लगाइएकी संयुक्तालाई दुर्घटनावश घरमा आगोले पोलेको बहाना बनाएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो, उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको हो। मृतकका पिता जामुनप्रसाद चौधरीले दाइजो र अंशको निहुँमा छोरीलाई जिउँदै जलाएर मारिएको दाबी गरेको समाचारमा जनाइएको छ । मागेजति दाइजो दिन नसक्दा छोरीलाई जलाइएको दाबी गर्दै चौधरीले संयुक्ताका सासु मायादेवी, जेठाजु राजकुमार, पति शिवकुमार, देवर विनयकुमार, अशोककुमार तथा देवरानी कविता देवसमेत मिलेर मारेकाले उनीहरु सबैलाई कडा कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर वमोजिम हदैसम्मको सजाय तथा क्षतिपूर्ति समेत भराई पाउन चौधरीले जाहेरी दर्ता गराएका हुन्।
संयुक्ताको विवाह डिमन(३ का शिवकुमार देवसँग २०५४ सालमा भएको थियो। तर, बिबाहको चार महिनापछि नै कम दाइजो दिएको भन्दै थप दाइजो मागेर संयुक्तालाई शारीरिक र मानसिक यातना दिन थालिएको थियो । २०६२ सालमा छोरो रोशन जन्मेपछि पतिलगायतले झन् यातना दिन थालेकाले उनी सात वर्षदेखि उनी माइतीमै बस्दै आएकी थिइन्। गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरीसमेतको रोहवरमा संयुक्तालाई अंश दिने र आइन्दा यातना नदिने सहमति पतिलगायतले गरेपछि उनी घर फर्केकी थिइन्। उक्त निर्णय भएपछि संयुक्ताका पति तथा परिवार विछुब्ध बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार