कोचिङ सेन्टरका सञ्चालकहरु जेल चलान

२४ चैत्र २०६९, शनिबार ०६:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ चैत । गैरकानुनी रुपमा कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गरेको आरोपमा झण्डै एक महिनाअघि पक्राउ परेका बुटवलका चार कोचिङ तथा ट्युसन सेन्टरका संचालक जेल चलान भएका छन् । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई जेल चलान गरिएको हो ।
प्रहरीको अनुसन्धान र संकलित प्रमाणका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले दायर गरेको ठगी मुद्दामा तीन दिनको अदालती बयानपछि जिल्ला न्यायाधीश पूर्णप्रसाद बास्तोलाको इजलासले बिगो र जरिमानासहित उक्त धरौटी माग गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालत प्रशासनले जनाएको छ ।
बुटवलका विभिन्न ठाउँमा बिद्यार्थीहरुबाट मोटो रकम लिएर एस.एल.सी. उत्तीर्ण गराउने ग्यारेन्टी गर्दै गैरकानुनी रुपमा कोचिङ कक्षा चलाउँदै आएका बुटवल–४ मा संचालित बृहस्पति कोचिङ सेन्टर, बुटवल–११ मिलनचोकमा संचालित कुसुम कोचिङ सेन्टर, बुटवल–९ दीपनगरमा संचालित ब्लुु स्काइ कोचिङ सेन्टर र लुम्बिनी कोचिङ सेन्टरमा प्रहरीले गत महिना छापा मारी त्यसका संचालकलाई पक्राउ गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिएको थियो ।
अदालतले संचालकमध्येका कुसुम कोचिङ सेन्टरका सुशील खनालसँग सबैभन्दा बढी रु. २५ लाख धरौटी माग गरेको इलाका अदालत प्रशासनले जनाएको छ । यस्तै ब्लु स्काइ कोचिङ सेन्टरका संचालक त्रिभुवन पराजुलीसँग रु. २२ लाख, बृहस्पति कोचिङ सेन्टरका संचालक यमप्रसाद श्रेष्ठसँग रु. १८ लाख र लुम्बिनी कोचिङ सेन्टरका संचालक टीकाराम शमौ पौडेलबाट रु. १६ लाख धरौटी माग भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रहरी राजकुमार बैदवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको