अमेरिकाले गुआममा मिसाइल रक्षा प्रणाली केन्द्र स्थापना गरे पछि उत्तर कोरिया बिदेशी कुटनीतिक नियोग माथि खनियो

२४ चैत्र २०६९, शनिबार ०५:५४ मा प्रकाशित

काठमाडौं, २४ चैत । युद्द सम्भावित कोरिया प्रायादिपको केन्द्रमा रहेको उत्तर कोरियाले संभावित युद्दको संकेत स्वरुप राजधानी प्योंगयांगमा रहेका विदेशी दुत र दुतावाशलाई शुरक्षा दिन नसक्ने बताएको छ । उत्तर कोरियाली सरकारी टेलिभिजनले दिएको खबर अनुसार सरकार विदेशी दुत र दुतावाशलाई देशबाट हटाउने बारे पनि निर्णय नजिक पुगी सकेको छ । तर उत्तर कोरिया सरकारको यो निर्णय लगतै बेलायत र रुशले प्रतिक्रिया दिदैं भनेको छ तत्काल आफ्नो दुत र दुतावाश हटाउने योजना छैन । उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र उसको सहयोगी महाशक्ति राष्ट्र अमेरिकालाई आक्रमण गर्ने धम्कि दिए पछि उत्पन्न कोरिया प्रायादिपको तनावका बीच प्योंगयांगले यस्तो चेतवानी दिएको हो । कोरिया प्रायादिपको पछिलो अवस्था बारे संचार माध्यमहरुले दिएको जानकारी अनुसार दक्षिण कोरियाले मिसाइल रक्षा प्रणाली सहित आफ्ना दुइ युद्धपोत देशको पूर्वी र पश्चिम तटमा तैनाथ गरेको छ । यस अघि आजै उत्तर कोरियाले आफ्नो पूर्वी तटमा मिसाइल पठाएको खबर संचार माध्यमको मुख्य समाचार बनेको थियो । तर उत्तर कोरियाले आफ्नो पूर्वी तटमा मिसाइल पठाएको खबरसंगै महाशक्ति राष्ट्र अमेरिकाले आफ्ना क्षेत्रीय साझेदार राष्ट्र दक्षिण कोरिया र जापानको सुरक्षार्थ प्रशांत महासागरको द्वीप गुआममा मिसाइल रक्षा प्रणाली केन्द्र स्थापित गरि सकेको छ ।
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४