‘नेपाली’बाट ‘नेपाल’ बनेका ठग पक्राउ

२३ चैत्र २०६९, शुक्रबार २२:५८ मा प्रकाशित

काडमाडौं, २३ चैत । विद्यार्थीलाई सिंगापुर, अमेरिका, युरोप, बेलायत लगायतका देशहरुमा पठाइदिने भन्दै रहम ठगी गरेर फरार रहेका ठगी मुद्धामा फरार रहेका गोविन्द नेपाली पक्राउ परेका छन् । झापा जिल्ला तोपगाछी–६ घर भई काठमाडौं पुरानो नैकाप बस्ने रिगल इन्टरनेशनल एजुकेशन प्रा.लि.का संचालक नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले बागवजारबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।
बागवजारमा एजुकेशन सेन्टर सञ्चालन गर्ने उनले २०६४ सालमा विकास शर्मा लगायतका १० जना विद्यार्थीबाट लाखौँ ठगेका थिए । रकम लिई ठगी गरेको भन्ने मुद्धामा काठमाडौँ जिल्ला अदालतको २०६६ साल कात्तिक १९ गते र पुनराबेदन अदालत पाटनको मिति २०६८ साल असार २० गतेको पैmसला अनुसार गोविन्द नेपालीको हकमा म्याद तामेली हुन नसकी तामेलीमा राखिएको अवस्थामा पक्राउ गरी आवश्क कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
गोविन्दले झापाबाट प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र हराएको र बसाईसराई गरेको कारण देखाई २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गोविन्द नेपालको नाममा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच