सुनचाँदीका गहनामा रसायन नमिसाउने व्यवसायीको अठोट

२३ चैत्र २०६९, शुक्रबार २२:४८ मा प्रकाशित

रुपन्देही, २३ चैत । नेपाल सुनचाँदी व्यवसायी संघ रुपन्देहीले जिल्लालाई तीन महिनाभित्र रसायनमुक्त जिल्ला बनाउने निर्णय गरेको छ । रसायन र जर्तीको नाममा उपभोक्ता ठगिएको भन्दै आलोचना भएपछि सुनचाँदी व्यवसायीहरु जिल्लालाई रसायनमुक्त तुल्याउन लागिपरेका हुन् ।
सुनचाँदी व्यवसायी संघको विशेष भेलाले तीन महिनाभित्र रसायनका गहना विस्थापित गरी विनारसायनका गहना चल्तीमा ल्याउने निर्णय गरेको हो । झन्डै दुई सय व्यवसायीहरुको सहभागितामा बुटवलमा बसेको भेलाले सुनचाँदी व्यवसायीलाई मर्यादित र विश्वसनीय बनाउन रसायनविनाको गहना बजारमा ल्याउने निर्णय गरिएको व्यवसायी संघ बुटवलका अध्यक्ष दीपक विश्वकर्माले बताए ।
आगामी २०७० साल असारसम्ममा रसायनविनाका गहना बजारमा आउने र त्यसको अनुगमनका लागि अनुगमन समितिसमेत गठन गरेको बताइएको छ । तेजप्रसाद विकको संयोजकत्वमा गठन भएको समितिले गहनाको गुणस्तर, आचारसंहिताको पालना गरेनगरेको तथा तोकिएको ज्यालादरको बारेमा सुनचाँदी पसलमा अनुगमन गर्ने छ । रुपन्देहीमा २ सय भन्दा बढी सुन पसल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा