मलेसियामा पक्राउ परेका नेपालीको रिहाई

२३ चैत्र २०६९, शुक्रबार २२:४० मा प्रकाशित

काठमाडौं, २३ चैत । गत १२ गते मलेसियाको जाहोरबारु तामान चिन्तानास्थित नेपाली होस्टलमा नेपाली र मलेसियन युवाहरुबीच भएको झडपको घटनामा पक्राउ परेका ९ नेपाली शुक्रबार रिहा भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । झगडामा सामेल भएको अभियोगमा पक्राउ गरी उनीहरुलाई सेरिआलमस्थित अदालतमा उपस्थित गराइएको थियो, तर निर्दोष देखिएपछि शुक्रबार बिहान विनासर्त मुक्त गरिएको दूतावासले जानकारी गराएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा मनोज सुनार, निलकण्ठ जैसी र दलबहादुर बयम्बु रगुन राई, अमनगुप्ता, राकेश राययादव, पवन साह, सन्तोष पौडेल र रमेश बहादुर भुजेललाई पक्राउ गरिएको थियो भने सुरुमा घाइते उनीहरुलाई अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचार भएलगत्तै उनीहरु पक्राउ परेका थिए ।
बहुचर्चित उक्त घटनामा सुरुमा ६ नेपालीको ज्यान गएको बताइए पनि घटनाको एक सातापछि दुतावासले विज्ञप्ती जारी गरि उक्त घटनामा कसैको मृत्यु नभएको जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४