काग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका असन्तुष्ट पक्षद्धारा दुई घण्टा धर्ना

२१ चैत्र २०६८, मंगलवार १५:३७ मा प्रकाशित

काठमाडौ, २१ चैत । संस्थापन पक्षले नेविसंघको १ सय २ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरे पछि असन्तुष्ट बनेको विद्यार्थी नेताहरुले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् ।
विद्यार्थी नेताहरु मंगलबार विहान ११ बजेदेखि २ घण्टासम्म धर्ना दिएका थिए । उनीहरुले पार्टीले मनोनयन गरी विस्तार गरेको नेविसंघ कार्यसमिति जम्बो र भद्दा भएको, त्यसले संगठन चल्न नसक्ने बताएका छन् । निलकण्ठ रिजालको नेतृत्वमा कुन्दन काफ्ले, उमिर्ला थपलियासहित विद्यार्थी नेताहरु धर्नामा थिए ।
पार्टी सभापति सुशिल कोइरालाले चैत ५ गते एक सय २ सदस्यीय नेविसंघको कार्यसमिति घोषणा गरेका थिए । त्यसमा परेका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय २८ जनाले सामूहिक राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले