एनएसीले एयरबसका दुईवटा बिमान खरिद गर्ने

२३ चैत्र २०६९, शुक्रबार २२:१६ मा प्रकाशित

काठमाडौं, २३ चैत । नेपाल वायुसेवा निगमले एयरबसका दुईवटा बिमान खरिद गर्ने भएको छ । निगम र एयरबसबीच न्यारोवडी एयरबस ए ३२०–२०० खरिदसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । गत ५ नोभेम्बर २००९ मा भएको विमान खरिदसम्बन्धी समझदारी पत्रमा पुनरावलोकन गरी नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार दुईवटा न्यारोबडी एयरबस खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको निगमले जनाएको छ ।

निगमको समझदारीपत्र (एमओयू) पुनरावलोकन उपसमितिले एयरबसका प्रतिनिधिसँग विभिन्न चरणमा वार्ता गरी सन् २००८ को आधारभूत मूल्यमा लागतमूल्य (इस्कालेसन) जोडेर सोहीबमोजिम विमान खरिद गर्न सहमति भएको बताइएको छ । खरिद गरिने दुवै ए ३२०–२०० विमान सन् २०१५ मा एयरबसले उपलब्ध गराउने सम्झौता भएको छ ।

समझदारीपत्रमा निगमका तर्फबाट महाप्रवन्धक मदन खरेल एवम् संस्थागत विभागका निर्देशक गणेशबहादुर चन्द र एयरबसका तर्फबाट सिनियर सेल्स डाइरेक्टर शिल शुक्ला र सेल्स कन्ट्याक्ट्स डाईरेक्टर रोव गर्डनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना