चिनीले लामखुट्टे बढाएको नवलपरासीवासीको गुनासो

२३ चैत्र २०६९, शुक्रबार १२:४६ मा प्रकाशित

चन्द्रकान्त खनाल, नवलपरासी, २३ चैत । चिनी उद्योगहरुको लापर्वाहीका कारण लामखुट्टेको संख्या बढेपछि नवलपरासीवासी जोखिममा परेको दाबी गचिनीले लामखुट्टे बढाएको नवलपरासीवासीको गुनासो चन्द्रकान्त खनाल, नवलपरासी, २३ चैत । २२ चिनी उद्योगहरुको लापर्वाहीका कारण लामखुट्टेको संख्या बढेपछि नवलपरासीवासी जोखिममा परेको दाबी गरिएको छ । नवलपरासीका तीनवटा ठूला चिनी उद्योगहरुका कारण लामखुट्टेको बृद्धि भएको स्थानीयले दाबी गरेका हुन् । तीनवटै उद्योगहरुले कारखानाको फोहोर पानी निस्कासन नगरी खुला रुपमा खोल्साखोल्सीमा बगाएका छन् । पानीमा रहेको विषाक्त र अखाद्य पदार्थ निष्क्रिय नगरेकै कारण जमीनको सतहमाथि बगेर जमेको फहोर पानीमा फुल पार्ने उपयुक्त वातावरण सिर्जना भएर लामखुट्टेको संख्या तीब्र गतिले बढ्दै गएपछि स्थानीयवासी घातक रोगको जोखिममा परेको बताइएको छ । किसानले उत्पादन गरेको उखुबाट नाफा कमाउने एकोहोरो सोंचमा डुबेका नवलपरासीका चिनी उद्योगीहरुले स्थानीयको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाउँदै स्थानीय सुरज कोहारले नियन्त्रणका लागि जिम्मेवार निकाय जिल्ला प्रशासन तथा जनस्वास्थ्य र्कायालयले कुनै प्रयास नगरेको बताए । उनकाअनुसार बढेका लामखुट्टेको नियन्त्रणको काम पनि उद्योगपतिले नै गर्नुपर्ने हुन्छ । २ वर्षअघिसम्म कुनै पनि लामखुट्टेको प्रभाव नरहेको क्षेत्रमा पनि बिनाझुल जीवन कष्टकर बनेको छ । दुधालु पशुको दूध उत्पादन घटेको छ भने चिनी उद्योगहरु रहेको क्षेत्र सुनवल, कुडिया र बेलाटारी आसपासमा मलेरियाको प्रकोप बढेको छ । चिनी उद्योगकोे प्रदूषणका कारण लामखुट्टेको संख्या बढेपछि देखा परेको बढ्दो मलेरियाको प्रकोपबाट बच्नका लागि ग्रामिण विकास फाउन्डेशन जनकपुर (आरडिएफ) ले नवलपरासीको १० गाविस र एक नगरपालिकामा झुल वितरण अभियान थालेको छ । मलेरियाको बढ्दो प्रभावलाई नियन्त्रण र्गनका लागि जिल्लाको गुठी परसौनी, पकलिहवा, नरसही, प्रतापपुर, कुडिया, दाउन्ने देवी, भुजहवा, रुपौलिया, त्रिवेणीसुस्ता र दुम्कीबास गाविसका बासिन्दालाई झुलको वितरण गरिरहेको फाउन्डेसनका सीएम रिंगला यादवले बताए । उनका अनुसार यी गाविसहरुमा मलेरियाको प्रकोप पाइएकोले प्रति २ जनाका लागि एक झुलको दरले तीब्र गतिमा वितरण भइरहेको छ । नवलपरासी जिल्ला पहिलेदेखि नै मलेरिया प्रभावित जिल्ला हो । जिल्लामा चारमध्ये २ प्रकारका फाल्सिफेरम र भाइभेक्स नाम गरेका लामखुट्टे पाइन्छन । यी दुबै खतरनाक प्रकृतिको भएको डा. राजु कलवारको भनाइ छ ।चिनीले लामखुट्टे बढाएको नवलपरासीवासीको गुनासो चन्द्रकान्त खनाल, नवलपरासी, २३ चैत । २२ चिनी उद्योगहरुको लापर्वाहीका कारण लामखुट्टेको संख्या बढेपछि नवलपरासीवासी जोखिममा परेको दाबी गरिएको छ । नवलपरासीका तीनवटा ठूला चिनी उद्योगहरुका कारण लामखुट्टेको बृद्धि भएको स्थानीयले दाबी गरेका हुन् । तीनवटै उद्योगहरुले कारखानाको फोहोर पानी निस्कासन नगरी खुला रुपमा खोल्साखोल्सीमा बगाएका छन् । पानीमा रहेको विषाक्त र अखाद्य पदार्थ निष्क्रिय नगरेकै कारण जमीनको सतहमाथि बगेर जमेको फहोर पानीमा फुल पार्ने उपयुक्त वातावरण सिर्जना भएर लामखुट्टेको संख्या तीब्र गतिले बढ्दै गएपछि स्थानीयवासी घातक रोगको जोखिममा परेको बताइएको छ । किसानले उत्पादन गरेको उखुबाट नाफा कमाउने एकोहोरो सोंचमा डुबेका नवलपरासीका चिनी उद्योगीहरुले स्थानीयको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाउँदै स्थानीय सुरज कोहारले नियन्त्रणका लागि जिम्मेवार निकाय जिल्ला प्रशासन तथा जनस्वास्थ्य र्कायालयले कुनै प्रयास नगरेको बताए । उनकाअनुसार बढेका लामखुट्टेको नियन्त्रणको काम पनि उद्योगपतिले नै गर्नुपर्ने हुन्छ । २ वर्षअघिसम्म कुनै पनि लामखुट्टेको प्रभाव नरहेको क्षेत्रमा पनि बिनाझुल जीवन कष्टकर बनेको छ । दुधालु पशुको दूध उत्पादन घटेको छ भने चिनी उद्योगहरु रहेको क्षेत्र सुनवल, कुडिया र बेलाटारी आसपासमा मलेरियाको प्रकोप बढेको छ । चिनी उद्योगकोे प्रदूषणका कारण लामखुट्टेको संख्या बढेपछि देखा परेको बढ्दो मलेरियाको प्रकोपबाट बच्नका लागि ग्रामिण विकास फाउन्डेशन जनकपुर (आरडिएफ) ले नवलपरासीको १० गाविस र एक नगरपालिकामा झुल वितरण अभियान थालेको छ । मलेरियाको बढ्दो प्रभावलाई नियन्त्रण र्गनका लागि जिल्लाको गुठी परसौनी, पकलिहवा, नरसही, प्रतापपुर, कुडिया, दाउन्ने देवी, भुजहवा, रुपौलिया, त्रिवेणीसुस्ता र दुम्कीबास गाविसका बासिन्दालाई झुलको वितरण गरिरहेको फाउन्डेसनका सीएम रिंगला यादवले बताए । उनका अनुसार यी गाविसहरुमा मलेरियाको प्रकोप पाइएकोले प्रति २ जनाका लागि एक झुलको दरले तीब्र गतिमा वितरण भइरहेको छ । नवलपरासी जिल्ला पहिलेदेखि नै मलेरिया प्रभावित जिल्ला हो । जिल्लामा चारमध्ये २ प्रकारका फाल्सिफेरम र भाइभेक्स नाम गरेका लामखुट्टे पाइन्छन । यी दुबै खतरनाक प्रकृतिको भएको डा. राजु कलवारको भनाइ छ ।रिएको छ । नवलपरासीका तीनवटा ठूला चिनी उद्योगहरुका कारण लामखुट्टेको बृद्धि भएको स्थानीयले दाबी गरेका हुन् । तीनवटै उद्योगहरुले कारखानाको फोहोर पानी निस्कासन नगरी खुला रुपमा खोल्साखोल्सीमा बगाएका छन् । पानीमा रहेको विषाक्त र अखाद्य पदार्थ निष्क्रिय नगरेकै कारण जमीनको सतहमाथि बगेर जमेको फहोर पानीमा फुल पार्ने उपयुक्त वातावरण सिर्जना भएर लामखुट्टेको संख्या तीब्र गतिले बढ्दै गएपछि स्थानीयवासी घातक रोगको जोखिममा परेको बताइएको छ । किसानले उत्पादन गरेको उखुबाट नाफा कमाउने एकोहोरो सोंचमा डुबेका नवलपरासीका चिनी उद्योगीहरुले स्थानीयको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाउँदै स्थानीय सुरज कोहारले नियन्त्रणका लागि जिम्मेवार निकाय जिल्ला प्रशासन तथा जनस्वास्थ्य र्कायालयले कुनै प्रयास नगरेको बताए । उनकाअनुसार बढेका लामखुट्टेको नियन्त्रणको काम पनि उद्योगपतिले नै गर्नुपर्ने हुन्छ । २ वर्षअघिसम्म कुनै पनि लामखुट्टेको प्रभाव नरहेको क्षेत्रमा पनि बिनाझुल जीवन कष्टकर बनेको छ । दुधालु पशुको दूध उत्पादन घटेको छ भने चिनी उद्योगहरु रहेको क्षेत्र सुनवल, कुडिया र बेलाटारी आसपासमा मलेरियाको प्रकोप बढेको छ । चिनी उद्योगकोे प्रदूषणका कारण लामखुट्टेको संख्या बढेपछि देखा परेको बढ्दो मलेरियाको प्रकोपबाट बच्नका लागि ग्रामिण विकास फाउन्डेशन जनकपुर (आरडिएफ) ले नवलपरासीको १० गाविस र एक नगरपालिकामा झुल वितरण अभियान थालेको छ । मलेरियाको बढ्दो प्रभावलाई नियन्त्रण र्गनका लागि जिल्लाको गुठी परसौनी, पकलिहवा, नरसही, प्रतापपुर, कुडिया, दाउन्ने देवी, भुजहवा, रुपौलिया, त्रिवेणीसुस्ता र दुम्कीबास गाविसका बासिन्दालाई झुलको वितरण गरिरहेको फाउन्डेसनका सीएम रिंगला यादवले बताए । उनका अनुसार यी गाविसहरुमा मलेरियाको प्रकोप पाइएकोले प्रति २ जनाका लागि एक झुलको दरले तीब्र गतिमा वितरण भइरहेको छ । नवलपरासी जिल्ला पहिलेदेखि नै मलेरिया प्रभावित जिल्ला हो । जिल्लामा चारमध्ये २ प्रकारका फाल्सिफेरम र भाइभेक्स नाम गरेका लामखुट्टे पाइन्छन । यी दुबै खतरनाक प्रकृतिको भएको डा. राजु कलवारको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर