नेपालका सीमा मिचिने क्रम तीव्र : सीमाविद्हरु

२३ चैत्र २०६९, शुक्रबार ११:४३ मा प्रकाशित

रासस, चितवन, २३ चैत्र । सीमा विद्हरूले अहिलेसम्म नेपालको ७१ ठाउँमा भारतले सीमा मिचिएको बताएका छन् । भारतले अहिले पनि सीमा मिच्ने क्रम जारी राखेकाले नेपालको सीमा झनै खतरामा पर्दै गरेको समेत उनीहरूले बताएका छन् । नेपालको सबैभन्दा बढी कालापानी क्षेत्रमा ३७ हजार हेक्टर क्षेत्रफल र सबैभन्दा कम इलामको पशुपति नगरमा आधा रोपनी जग्गा भारतले मिचेको सीमा विद् बुद्धिनारायण श्रेष्ठले बताए । उनी सीमाकै विषयमा छलफल गर्न बिहिबारदेखि चितवनमा नै छन् ।
चौध हेक्टर नवलपरासीको सुस्तामा सीमा मिचिएको उनले बताए । दश वर्ष अघि ५३ ठाउँमा सीमा मिचिएकोमा अहिलेसम्म आइपुग्दा ७१ ठाउँमा मिचिसकेकाले भारतले सीमा मिच्ने क्रम नरोकिएको प्रष्ट भएको सीमाविद् श्रेष्ठले जानकारी दिए । दस वर्षअघि सीमा सम्बन्धी आफूले निकालेको किताबमा ५३ स्थानमा सीमा मिचिएको पाइएकोमा अहिले ७१ स्थानमा मिचिँदासम्म नेपाल सरकार मौन रहेको उहाँले बताए । तत्कालीन समयमा ६० हजार हेक्टर सीमा अतिक्रमण भएकोमा अहिले ६० हजार ६००हेक्टर अतिक्रमण भएको समेत उनले बताए । अर्का विज्ञ फणीन्द्र नेपालले सीमा को विषयमा सरकार गम्भीर नभएको बताए । ग्रेटर नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्ने, विगतका सन्धि सम्झौता पुनरावलोकन हुनुपर्नेमा उनले जोड दिए ।
अर्का विज्ञ तथा अधिवक्ता डा. गोपाल सिवाकोटी चिन्तनले विगतमा आन्दोलनमा होमिएको एनेकपा माओवादीले पनि सीमाको विषयमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सीमा को विषयमा नेपाल कडाइका साथ अगाडि बढ्नुपर्ने बताए ।
तीनै जना विज्ञहरूले बिहीबार यहाँ आयोजित कार्यक्रममा समेत सीमा र राष्ट्रियताको विषयमा बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर