‘भट्टराई बाबुराम’ यस्ता ‘मिश्र बाबुराम’ त्यस्ता :: वीरेन्द्रमणि पौडेल

२३ चैत्र २०६९, शुक्रबार ०७:५१ मा प्रकाशित

आत्मालाई दुख्न फलामे सियोले घोच्न नपर्दो रहेछ । मानवको अत्यन्तै पीडादायी अवस्था देख्दा समेत मान्छेको आत्मा दुख्दोरहेछ । एउटै नामका मान्छेहरु कोही कति माथि पुग्छन् ओहदाका हिसाबले, धनका हिसाबले र इज्जतका हिसाबले पनि । तर त्यही नामको अर्को मान्छे हरेक कोणबाट कति पीडित, कति दुःखी । गोरखाको डाँडोमा जन्मिएको एउटा फुच्चे भट्टराई बाबुराम उकालो हिँड्थ्यो, ओरालो झथ्र्यो, खाजारुपको भुटेको मकै कमिजको गोजीमा हुन्थ्यो, गहुँको रोटी किताबसँगै झोलामा हुन्थ्यो । पढाइपछिको फुर्सदमा बाबुआमालाई सघाउँथ्यो । औधी मेहनती थियो । उसको त्यही मेहनतले उसलाई २०२६ सालको एस.एल.सी. परीक्षामा नेपाल प्रथम बनाइदियो । त्यो प्रथमवाला प्रमाणपत्रले उसलाई त्यतिबेलाको राजाको गाउँ “काठमाडौ” पु¥यायो । त्यही काठमाडौ आएको फुच्चे बाबुरामलाई धाप मारेर २०१९ सालका संविधान निर्माता ऋषिकेश शाहले राजनीतिमा गए यो “फुच्चे” पक्कापक्की “केही न केही” बन्छ भने । शायद त्यो प्रोत्साहनले होला गोर्खाली फुच्चे भारतमा पढ्न गएको बखत राजनीतिमा मोडियो । आर्किटेक्चरमा विद्यावारिधी गरिकन राजनीतिमा समेत फड्को मार्दै गयो । विश्वमानव लोकतन्त्रको पक्षमा छ तर गोर्खाली बाबुराम कम्युनिष्ट पार्टी त्यसमा पनि माओवादी फुर्को झुण्ड्याएको पार्टीमा लाग्यो । दैवले दिएपछि कसको के लाग्छ र ? त्यो खालको राजनीतिले कहीँकतै सफलता हासिल गरेको छैन तर “इधर उधर” गरेर बाह्रबुँदे साह्रबुँदे गर्दै अनेक कलाकारिता प्रदर्शन गर्दै काँग्रेस, एमालेहरुको बुद्धि भुट्दै आएको त्यतिबेलाको माओवादी पार्टीमा सहयात्रीहरुले “छिर्के” हानेर प्रधानमन्त्री बन्न नदिने भरमग्दुर प्रयास गरेपनि “चौका” परेर प्रधानमन्त्री भइछाड्यो त्यो गोर्खाली फुच्चे । उसको प्रधानमन्त्रीत्व काल सफल भयो भएन अर्कै कुरा तर इतिहासमा नाम रहिहाल्यो, नेपाललाई चिन्ने विश्वले चिनीहाल्यो, दामनाम कमाइहाल्यो, सिंहदरबारमा फोटो सदाको लागि झुण्ड्याइहाल्यो । एउटा नेपालीको लागि त्यो भन्दा गतिलो भाग्य के नै पो हुन सक्ला र ¤ कुल मिलाएर भट्टराई बाबुराम भाग्यमा विश्वास गर्नेहरुका लागि भाग्यमानी हो । तर त्यही नाम गरेको अर्को बाबुराम छ –मिश्र बाबुराम । दुःखी बाबुराम, अति दुःखी बाबुराम । अभागी बाबुराम, महाअभागी बाबुराम । 
झण्डै ४८ वर्ष अघि लमजुङ जिल्लाको दुराडाँडा गाउँको मिश्र परिवारमा चारभाइ छोरामध्ये माइलो छोराको रुपमा जन्मिएको बाबुराम परिवार बसाईसराइ गरेर चितवनको चैनपुरमा आएपछि उसले आफ्नो बाल्यकाल त्यहीँ गुजा¥यो । ऊ ठिटो हुँदा उसको परिवार फेरि बसाइ स¥यो र भरतपुरको कृष्णपुरमा उनीहरुको बसाई शुरु भयो । चितवन हाइस्कूलमा पढ्यो । शायद उसले एस.एल.सी. पास गर्न सकेन । सँगैका मिल्ने साथी दुर्गादत्त अधिकारीहरु पास भए । शायद एक दुई पल्ट उसले एस.एल.सी. जाँच दियो तर सफलता हात लागेन । बरण्डाभार जंगल जान्थ्यो घाँस दाउरा लिन । जेठो दाइ हरिराम टाँडी क्याम्पस पढ्थ्यो । साईलो शिवराम बालकुमारी र कान्छो शेषराम भरतपुरकै कुनै विद्यालयमा पढ्थ्यो । मामुली आर्थिक अवस्थावाला तिनीहरुलाई मिठो मसिनो खान र सुखभोग गर्न चाहीँ कहिलेकाहीँ मात्रै जुथ्र्यो । एकदिन हरिराम इन्डिया गयो । केही समयपछि फर्किएर आयो र माइलोभाइ बाबुरामलाई पनि साथै लिएर गयो । दुई केटाहरुले कपडा कटिङ र इम्ब्रोइडरीसम्बन्धी गजबै तालिम लिएका रहेछन् । नेपालमा आएर काम गर्न शुरु गरे । पैसा कमाए । काठमाडौ गए । शिवरामलाई र शेषरामलाई पनि पढाए । शिवरामलाई ओभरसियर बनाए । सबै दाजुभाइले काठमाडौमै घर बनाए । चितवनका मान्छेहरुले मिश्रका छोराहरुले चकाचक गरेका छन् भनेर हौसला पनि दिए । तर दुर्भाग्य ¤ जेठो हरिराम सामान्य विरामी हुने बित्तिकै ख्वाक्क खोकेर पिर्लिक्क आँखा पल्टाएर म¥यो । शिवरामले इन्जिनियर भएर नेपालगञ्जमा काम गर्दा गर्दै कुन्नी के पिर खप्न सकेन उ घाँटीमा पासो लगाएर म¥यो । कान्छो शेषराम मलेशिया गएको उतै बिहेबारी गरेर हरायो । त्यो माइलो बाबुरामचाहीँ अरु दाजुभाइ भन्दा झनै अभागी रहेछ । ६ वर्षअघि विराटनगरतिर कुन्नी के कामले जाँदा आफैंले हाँकेको जिप पल्टिएर होसमा फिर्दा शरीरका सबै भागहरुमध्ये टाउको बाहेक केही चलेन । हात नचल्ने, खुट्टा नचल्ने, घाँटीदेखि तलका भागहरु कुनै पनि नचल्ने भयो । नेपालका सबै अस्पताल चाहारे । भारतका थुप्रै सहर डुलाए तर उपचार भएन । अरुले खुवाइदिन पर्ने, नुहाइदिन पर्ने, दिसापिसाब अरुले थापिदिन पर्नें भयो । सुतिमात्र रहँदा ढाडको छाला खुइलिने समस्या देखियो । स्वस्थ मानिस त उठ्दा उठ्दा थाक्छ र बस्छ, बस्दा बस्दा थाक्छ र उठ्छ । एकातिर फर्किँदा–फर्किंदा थाक्छ र अर्कोतिर फर्किंन्छ तर मिश्र बाबुरामलाई यो सुविधा पनि छैन । मुढोसरी लडिरहनु उसको नियति बनेको छ । लगातार ६ वर्षदेखि एकै थलोमा, एउटै प्रकारले लडिरहँदा त्यो मानवलाई कति पीडा भएको होला ?
सम्झिँदा मानव शरीर पाएर मानवकै पाराले चिन्तन गर्ने मान्छेको औधी मन दुख्छ । शायद शरीरका अरु अंगहरुले काम गर्न नपाएरै होला, उसको पेटका पाचनप्रणाली हिजोआज बिग्रिएको छ । लगातार विहान, बेलुका, दिउँसो खाना र खाजा खाँदा एकै पटक सातौंदिनमा पेट दुख्छ र दिसा लागेको थाहा हुन्छ । काठको दाउरा जस्तो साह्रो दिसा आउने प्रक्रिया बीचैमा अवरुद्ध हुन्छ । कनेर दिसा बाहिर निकाल्न सक्दैन बाबुराम । उसकी श्रीमती देवीले करीब १५ मिनेटजति लगातार नाइटोनेर तलतिर घिसार्दै लात्ताले हिर्काउँछिन् अनि मात्र अलिकति चट्टान जस्तो दिसा झर्छ । यो लात्ताले हिर्काउने प्रक्रिया प्रत्येक सातदिनमा एकपटक हुन्छ । उसकी श्रीमती देबीले लात्ताले बाबुरामको पेटमा हिर्काउँदा–हिर्काउँदा देवीको खुट्का छाला गएको छ भने त्यो अभागी बाबुरामको पेटको छाला कस्तो भएको होला ? तर कस्तो छ स्वास्थ्य स्थिति भन्ने प्रश्नमा अभागी मिश्र बाबुराम मुसुक्क हाँस्छ र भन्छ –“६ वर्षसम्म यसरी एकै थलोमा बस्दा समेत मान्छे मर्दो रहेनछ ।” बाबुरामको जवाफ सकिने बित्तिकै श्रीमतीले भनिन् “भगवानले यस्तै लेखेका रहेछन् भनेर जे–जे मन लाग्छ, जतिञ्जेल बाँच्नुहुन्छ खान मन लागेको कुरा सबै खान दिएको छु, अरु खानेकुरा मात्रै होइन, रक्सी र मासु पनि खान दिएको छु । गाउँतिरका मान्छेलाई बोलाएर तास खेल्न पनि दिएकी छु ।” प्यारालाइसिस भएर त्यति कठिन जीवन व्यतित गरिरहेको बाबुराम मिश्रको र उसकी स्वास्नीको कुरा सुन्दा यस्तो लाग्छ “यतिविघ्न दुखी मानव यो संसारमा कमै होलान् । अन्धो पनि लौरोे टेकेर बाटो पार गर्छ, बहिरो ठमठमी हिँडेर चन्दै मागेर भए पनि खान्छ । लंगडो पनि यताउता हिँड्न डुल्न पाउँछ तर त्यो मुढोरुपी मिश्र बाबुरामको भागमा एउटै ओछ्यान छ उपहार, नियतिले दिएको उपहार । थला परेको बाबुराम (०१४४७२२०७) लाई अब धनको मोह नहुन सक्छ, पदको मोह त अब झनै नहुनु पर्छ तर घर बाहिरको स्वच्छ हावा त्यो गुम्सिएर रहेको फोक्सोमा छिराउने ईच्छा त अवश्य हुँदो हो । तर दुर्भाग्य ¤ यो त्यस्ता मान्छेहरुको बाहुल्यता भएको मुलुक हो जहाँ आफू मात्रै दुईदिन ज्यादा सुखसँग बाँच्न पाए हुन्छ, अरु मरुन्, दुख पाउन् कसैलाई कसैको चासो र चिन्ता छैन । अब त्यो दुखी मिश्र बाबुरामको स्वच्छ हावा ग्रहण गर्ने ईच्छा कसले पूरा गरिदेला ? त्यस्तो अभागी मिश्र बाबुरामको त्यो सानो ईच्छा भाग्यमानी भट्टराई बाबुरामले पनि अब त झन् कसरी पूरा गरिदेलान् र ?

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी