काभ्रेका गुम्बामा अब अंग्रेजी पढाई हुने

२३ चैत्र २०६९, शुक्रबार ०७:२२ मा प्रकाशित

काठमाडौं, २३ चैत । जिल्ला शिक्षा कार्यालय काभ्रेले काभ्रे जिल्लामा रहेका गुम्बामा बौद्धधर्मका साथै अंग्रेजी शिक्षा पनि दिने योजना अघिसारेको छ । जिल्लामा रहेका ३ सय ५० भन्दा बढी गुम्बामध्ये २७ गुम्बामा बौद्धधर्मका साथै अंग्रेजी शिक्षा पनि दिने योजना अघि सरिएको हो । शिक्षा विभागले गुम्बामा पनि सामुदायिक विद्यालयको जस्तै शिक्षा दिने अभियान अघिसारेपछि काभ्रेका गुम्बामा अंग्रेजी शिक्षाको अवधारणा विकास गरिएको हो ।
काभ्रेमा रहेका २४ ओटाले वार्षिक २६ हजार रुपैयाँ अनुदान पाउने गरेकामा त्यसलाई बढाएर अंग्रेजी शिक्षासम्मको पँहुचको योजनामा जिल्ला शिक्षा कार्यालय काभ्रे लागेको बुझिएको छ । मातृभाषामा शिक्षण सुरु भएपछि विद्यार्थीले धेरै कुरा सिक्ने विश्लेषणसहित जिल्ला शिक्षा कार्यालयले प्रभावकारी शिक्षण विधि अगाडि सारेको हो । मातृभाषामा अंग्रेजी शिक्षासमेत दिने योजनामा जिल्ला शिक्षा कार्यालय रहेको उल्लेख गर्दै काभ्रेका शिक्षा अधिकारी नारायण भट्टले गुम्बा विद्यालयलाई दिँदै आएको अनुदान बढाएर १ लाख ६८ हजार रुपैयाँ पु¥याउन लागेको बताए । २७ ओटा गुम्बाले सामुदायिक विद्यालयमा जसरी अध्यापन गराउने सर्तमा अनुदान रकम पाउने भएपछि गुम्बामा पनि अंग्रेजी शिक्षाको पँहुच हुने भएको छ । जिल्ला शिक्षा कार्यालयको रेकर्डअनुसार काभ्रेका २७ ओटा गुम्बामा १ हजार ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । शिक्षा विभागले नेपालभरका धार्मिक विद्यालयलाई सामुदायिक विद्यालयमा स्थानान्तरण गर्ने योजना बनाएकामा गुम्बा सञ्चालक भने रुष्ट देखिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच