एमाओवादी ‘त्यागी पार्टी’ भएको लोकेन्द्रको दाबी

२३ चैत्र २०६९, शुक्रबार ०७:१८ मा प्रकाशित

काठमाडौं, २३ चैत । एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले कांग्रेस एमालेजस्ता दलहरु चुनावमा पराजित हुने डरले मिति सार्न उद्यत रहेको आरोप लगाएका छन् । पार्टीको जनजागरण अभियानअन्तर्गत म्याग्दी पुगेका उनले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव गराउनकै लागि मात्रै गठन भएको चुनावी सरकारले निर्वाचनको मिति घोषणा नगर्दा शङ्का उत्पन्न भएकाले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गरी निर्वाचन गराउनतर्फ वर्तमान सरकार लाग्नुपर्ने सुझाव पनि दिए । 
चुनावको मिति घोषणा नहुनु दुर्भाग्यपूर्ण चन्दै उनले उच्चस्तरीय राजनीतिक समितिले असार पहिलो हप्ता निर्वाचन गराउने गरी मिति घोषणा गर्न आग्रह गरेको अवस्थामा चुनावी सरकारले मिति घोषणा नगर्नु दुःखद भएको दोहोर्याए । निर्वाचनको विपक्षमा रहेको भनी एनेकपा माओवादीमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै उनले एमाओवादीले सजिलै सत्ता छोडिदिएर ठूलो त्याग देखाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्