दर्शकले थुके पुजानालाई

२३ चैत्र २०६९, शुक्रबार ०३:४२ मा प्रकाशित

नाम ठूलो कि दाम ठूलो ? इज्जत हुनेहरू, भविष्य देख्नेहरू र सकारात्मक सोच भएकाहरूका लागि त नाम नै ठूलो हो । तर, केही यस्ता पनि छन् जो भविष्यको बारेमा सोच्दैनन् र तुरुन्त जवाफ दिइहाल्छन् दाम ठूलो । दामलाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने एउटी युवती हुन् पुजाना प्रधान तर अहिले पुजाना स्त्री । दार्जिलिङकी पुजनाको काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो । तर, सोच भने फेरिएन । त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’बाट चलचित्रमा प्रवेश गरेकी पुजना र रेखामध्ये आज पुजना हजारका लागि मरिमेटिरहेकी छिन् तर रेखा लाखौँमा खेल्छिन् । यस्तो चर्चा र दामका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पुजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टरमा नै दर्शकहरूले थुक्न थालेका छन् । कुरा चलचित्र ‘रक्षा’को हो । काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा ‘रक्षा’ हेर्न आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूप देखिएकी पुजनालाई थुकेका दृश्य निकै हेर्न लायकको थियो । ‘अब त यस्तीको कुनै पनि फिल्म हेर्नुहुन्न । यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ ।’ त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’लाई दर्शकहरूले स्वीकार गरेको र रक्षालाई बहिष्कार गरेको दृश्य हेर्न लायकको थियो । यस्ता केही ‘सी गे्रड’का चलचित्रका कारण पनि स्वच्छ नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको कुरा यतिबेला बहसको विषय बनेको छ । चलचित्र रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पुजनाको अनुहारमा कुनै सङ्कोच र ग्लानि झल्केको छैन । बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छिन् । नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पुजनाले खेलेको कुरा भने पक्का भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग